तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न « Khabarhub

तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको तेस्रो राष्ट्रिय फ्रीस्टाइल रोल्लर स्केट प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

आइतबार सम्पन्न दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गरे ।

उक्त अवसरमा नेपाल क्लाइम्बिङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायत उपस्थित थिए ।

फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप वार्षिक रुपमा आयोजना हुँदै आएको छ । यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो, सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए । १५० महिलाबाट छनोट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप भाग लिए ।

पुरुषतर्फको खेलमा राजन मग्राती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यस्तै पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिपमा २५० जना छनोट चरणमा सहभागी थिए । तीमध्ये ४० जनाले प्रतिस्पर्धा गरेको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले बताए ।

काठमाडौंको गल्फुटार भएको प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीयले पाँच हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए ।

विजेतालाई दक्षिण कोरियामा जुनमा हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष अच्युत खनालले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४३ बजे

अमेरिकाको भ्रम टुटेपछि मन्जिलको संकल्प : गाउँमा शैक्षिक क्रान्ति, राजनीतिको कोर्स करेक्सन

काठमाडौं – बाबु प्राध्यापक गोवर्द्धन राना कांग्रेसका नेता थिए ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल