‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’का निर्णायकमण्डल « Khabarhub

‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’का निर्णायकमण्डल


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिर्भस’ को दोस्रो श्रृङ्खलाको निर्णायकमण्डल र कार्यक्रम प्रस्तोता घोषणा भएको छ ।

नक्सालमा सोमबार एक पत्रकार सम्मलेन गरी निर्णायक र प्रस्तोता सार्वजनिक गरिएको हो ।

‘मेरो भ्वाइस युनिर्भस’को निर्णायक मण्डलमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधान रहेको बताइएको छ ।

यस्तै, ‘मेरो डान्स युनिर्भस’ मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शंकर बीसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन् ।

आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीका अनुसार दुवै प्रतियोगिताका विजेताले १ करोड नगद पाउनेछन् ।

त्यस्तै, उपविजेताले २० लाख र दोस्रोले १० लाख नगदसहित पाउनेछन् ।

यी दुई कार्यक्रमको प्रस्तोता नरेश भट्टराई, रिमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहने बताइएको छ ।

यद्यपि चार प्रस्तोता कुन–कुन कार्यक्रमको लागि हो भन्ने तय भइसकेका छन् ।

‘मेरो भ्वाइस युनिर्भस’लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’लाई मोसमी गुरुङले निर्देशन गर्ने बताइएको छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने यी दुवै प्रतियोगिताको अडिसन सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ ।

अमेरिका र क्यानडाका लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो अडिसन हुने बताइएको छ ।

फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ ।

फेब्रुअरी २२ र २३ मा यूएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैंकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरमा अडिसन हुँदैछ ।

यस्तै, मार्च १ र २ मा भारतको मुम्बई नेपालगञ्जमा अडिसन हुने बताइएको छ । मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौंमा अडिसन हुने छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ०३ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९