नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि « Khabarhub

नेपालका हरेक परिवर्तनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्णः विमलेन्द्र निधि


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालको हरेक परिवर्तनमा सञ्चारकर्मीको अहम् भूमिका रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज आफ्नो निवास जनकपुरधाममा सम्मान गर्दै उहाँले लोकतन्त्र र सञ्चार एक अर्काको पूरक भएकाले लोकतन्त्रविना स्वतन्त्र सञ्चारको कल्पना गर्न नसकिने बताए ।

नेता निधिले राज्यलाई अझ बढी जिम्मेवार र सकारात्मक रूपमा मुलुक बनाउने कार्यमा लाग्न खबरदारी जरुरी रहेको बताए ।

“सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई अझ बढी मजबुत बनाउनका लागि सञ्चारकर्मीहरूको पनि ठूलो जिम्मेवारी छ । यसको अभ्यासमा भएका कमजोरीको विषयमा कलम चलाइ सच्याउनका लागि यहाँहरूले भूमिका खेल्नुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : ०४ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको