कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की | Khabarhub Khabarhub

कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताएका छन् ।

आज कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्दै उनले कोशी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिए ।

“पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोशी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ”, प्रतिनिधिसभा सदस्य कार्कीले भने ।

पूर्वमन्त्री कार्कीसँगै कोशी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलसमेत उनी सहभागी भएका थिए । दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका