वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक « Khabarhub

वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले वीपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ ।

रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो ।

सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो ।

उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले वीपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ४७ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा