यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक « Khabarhub

यी हुन् एक करोड पारिश्रमिक लिने पहिलो भारतीय नायक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा नायकनायिकाको पारिश्रमिकको विषय सधैँ चर्चामा रहन्छ । सबैभन्दा बढी पारिश्रमिक लिने भारतीय नायक सलमान खान हुन् । उनले एउटा फिल्मबाट एक सय करोडभन्दा बढी लिने गर्छन् ।

एउटा फिल्ममा काम गरेर सय करोडभन्दा बढी पारिश्रमिक लिने बलिउड नायकहरू अमिर खान, अक्षय कुमार, ऋतिक रोशनलगायत छन् । अर्थात् अहिलेको अवस्थामा बलिउडमा पारिश्रमिकबापत एक सय करोड लिनु सामान्य भइसकेको छ । पछिल्लो समय चर्चामा आएका नायक कार्तिक आर्यनले समेत ३५ करोडसम्म पारिश्रमिक बुझ्छन् ।

सन् १९९२ को दौरानमा बलिउडमा अभिनेता अमिताभ बच्चनको दबदबा थियो । साउथ फिल्म इन्डस्ट्रीमा रजनीकान्तको उदय भइरहेको थियो । तर यी दुवै एक करोड पारिश्रमिक लिने पहिलो अभिनेता बन्न सकेनन् ।

को थिए एक करोड पारिश्रमिक लिने पहिलो नायक ?

सन् १९९२ मा सर्वाधिक चल्तीका नायक अमिताभले बढीमा ९० लाख पारिश्रमिक लिन्थे । सो समयमा साउथका एक नायकले एक करोड २५ लाख पारिश्रमिक लिएर इतिहास रचेका थिए । उनको नाम हो– चिरञ्जीवी ।

उनले इतिहास रचेर पारिश्रमिक लिएको फिल्म ‘आपाडबन्दभुदु’ हो । यसपछि उनी भारतमा सबैभन्दा बढी पारिश्रमिक लिने हिरो बनेर चर्चा कमाएका थिए ।

भारतीय सञ्चार माध्यम एनडीटीभीका अनुसार त्यस समय पत्रपत्रिकाले चिरञ्जीवीलाई अमिताभ भन्दा ठूलो नायकका रुपमा चित्रण गरेका थिए । यही घटनाले उनलाई साउथमा नायकका रुपमा स्थापित गर्‍याे

चिरञ्जीवी अहिलेका सफल नायक रामचरणका बाबु हुन् ।

उनले एक सय करोड पारिश्रमिक बुझेपछि अन्य नायकहरूले पनि रेट बढाएका थिए । कमल हसन सन् १९९४ एक करोड लिने दोस्रो नायक हुन् । सन् १९९६ बाट रजनिकान्तले पनि एक करोड पारिश्रमिक बुझ्न लागे भने अमिताभले त्यसपछि मात्रै एक करोड पारिश्रमिक लिन लागेका हुन् ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ८ : १२ बजे

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय