पुलिसविरुद्ध कोशीका सुजन थपलियाको शतक | Khabarhub Khabarhub

पुलिसविरुद्ध कोशीका सुजन थपलियाको शतक


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोशी प्रदेशका सुजन थपलियाले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका छन् । जारी प्रतियोगितामा यो चौथो शतक हो ।

यसअघि नेपाल पुलिस क्लबका रासिद खान, एपीएफका सन्दीप जोरा र नेपाल आर्मीका बिनोद भण्डारीले शतक हानेका थिए ।

एक सय ५ रन बनाउने क्रममा थपलियाले १२६ बलमा ६ चौका र ८ छक्का हाने ।

कोशीका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कोशीलाई नेपाल पुलिस क्लबले अलआउट गर्ने क्रममा १६६ रनमा रोक्यो ।

पुलिसका करन केसीले ३ विकेट लिए । ललित राजवंशी र सुनिल धमलाले समान २-२ विकेट लिए ।

कुशल भुर्तेल, सारिद खान र सागर ढकालको नाममा समान १-१ विकेट रह्यो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ३५ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास