मुगुमा १४ वर्षे किशोरीमाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ पक्राउ | Khabarhub Khabarhub

मुगुमा १४ वर्षे किशोरीमाथि बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित ५ पक्राउ


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुगुमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिकाकी किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगरी २२ वर्षीय वसन्त रोकाया र १८ वर्ष मुनीका अरु तीन जना किशोरहरु रहेका छन् ।

सामूहिक बलात्कारको घटनामा ९ जना संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जना अझै फरार छन् । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चामासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) बिरेन्द्रबहादुर थापाले बताए । बालिकाको गर्भमा भ्रुण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको हो । बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरु भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।

बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय छाँयानाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ ।

१४ वर्षका बालकहरुले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदम बहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘१४ वर्षका किशोरहरुले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा गमगढीस्थित कोठामा भेट्न गएको बेला ६ जनाले आफूलाई जबरजस्ती करणी गरि सामूहिक रुपमा बलात्कार गरेका हुन् ।’

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : ४९ बजे

‘सिधाकुरा’ प्रकरणका तीनैजना तारेखमा छुटे, दुई मिडिया मालिकसँग सर्वोच्चले माग्यो जवाफ

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’ अनलाइनले मिडिया मालिकलाई जोडेर स्टिङ

महिला उद्यमी महासंघका पदाधिकारीसँग अर्थमन्त्री पुनले गरे छलफल 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला

कोशी प्रदेशमा रास्वपाको शक्ति कति ?

काठमाडौं- इलाममा बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको परिणामलाई लिएर रवि

वामपन्थी पार्टीहरूबीच एकता आवश्यक : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्रीलाई रास्वपाका चार मन्त्रीको पत्र : हाम्रो सम्पत्ति विवरण सार्वजनिक गरिदिनू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति