श्रीमतीको हत्या गरी फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरी फरार रहेका दवाडी २१ वर्षपछि पक्राउ


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँफालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्। दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो।

श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। दवाडीले अंशसम्बन्धी विषयमा झगडा हुँदा २औ५९ साल फागुन २८ गते बारीमा श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटी कसेर रुखमा झुन्ड्याएका थिए।

उनले सानुमायाको शव धादिङ साबिक मैदी गाविसस्थित ग्याल्मा र बुढीगण्डकी दोभानमा लगेर जलाएका थिए। जिल्ला अदालतले उनलाई २०६१ साल जेठ ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

उच्च अदालत पाटनले उक्त फैसला उल्ट्याएकोमा सर्वोच्च अदालतले २०६७ पुस ३ गते जिल्लाकै फैसला सदर गरेको थियो। दवाडी यसबीचमा भारतका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका थिए। नेपालमा प्रवेश गरिरहेको सूचना पाएपछि ब्युरोको टोली दवाडीको खोजीमा रूपन्देही पुगेको थियो।

दवाडीलाई जिल्ला अदालत धादिङमा बुझाइएको छ।

 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ६ : २३ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका