दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट « Khabarhub

दुर्गन्धित हुँदैछन् कालीगण्डकीका घाट


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थलगङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएका हुन् । 

पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको संगमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको संगमा रहेको पुर्तिघाट तथा विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ । 

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए । साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उनको भनाइ छ । 

मोदीवेणी घाटमा दैनिक पाँचवटासम्म शव जलाइन्छ । घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष वैरागीले बताए । फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उनको भनाइ छ । 

फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पुर्तिघाटसेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ । व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुगेका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ । 

सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको बिहादी गाउँपालिका-६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ । उनले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताए । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट शिला संरक्षणका लागि पाँच लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ७ : १३ बजे

भाषाविद् डा. विमलको राजकीय सम्मानका साथ अन्त्येष्टि

जनकपुरधाम – साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

पोखरामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पोखरा- पोखरामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपाल ‘प्याक्स सिलिका’मा सहभागी भएको हो कि होइन सरकारले प्रस्ट पारोस् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री

विद्युत् विभागसमक्ष इप्पानका १३ बुँदे माग

काठमाडौं । विद्युत् विकास विभागका नवनियुक्त महानिर्देशक सागरराज गौतमले विद्युत्

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ