सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

सबै सरकारी भवन अपाङ्गमैत्री हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अब निर्माण गरिने सरकारी भवन तथा संरचनालाई अपाङ्गमैत्री बनाउन थप कडाइ गरिने बताएका छन् ।

पोखरामा आज साँझ भएको विपद् व्यवस्थापन समिति र सरोकारवालाबीच अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी अन्तरक्रियामा उनले भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्रीले अपाङ्गता भएकाहरुका लागि सहज र सुरक्षित हुने गरी व्यक्तिगत भवन बनाउनुपर्नेमा जोड दिए ।

“सार्वजनिक भवन अपाङ्गमैत्री नभएका धेरै गुनासा छन् । मुख्यमन्त्रीकै कार्यालयमा पनि सजिलो छैन । अपाङ्गता भएका साथीहरु आउँदा भेट्नका लागि म तल्लो तलामा झर्ने गर्दछु”, मुख्यमन्त्री पाण्डेले भने, “गण्डकी प्रदेशमा अब बन्ने सरकारी भवन अपाङ्गमैत्री हुन्छन् । सबै सरकारी निकायमा कडाइका साथ लागू गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले विपद्का बेला अपाङ्गता भएकालाई अझ बढी कठिनाइ हुने भएकाले परिवार तथा समुदायले अझ बढी जिम्मेवार भएर विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग मिलेर काम गरेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशमा रु १० करोडको विपद् व्यवस्थापन कोष स्थापना गरिएको र सबै जिल्लामा रु १० लाखको कोष रहेको जानकारी दिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ९ : ०७ बजे

जसपा नेपालले रोक्यो निर्वाचन प्रक्रिया, सबै पदको टुंगो सहमतिबाट लगाइँदै

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय

खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौं– पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु, ३ जना पक्राउ

दाङ– चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय

बुधबार साँझ घरबाटै हराएका ५ वर्षीय बालक नहरमा मृत भेटिए

मोरङ- मोरङको बेलबारी नगरपालिकामा बुधबार साँझदेखि हराइरहेका एकजना ५ वर्षीय

गण्डकी प्रदेशसभा : नीति तथा कार्यक्रम सम्बन्धमा छलफल

गण्डकी– गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा