भृकुटीमण्डपमा बेग्लै संसार बनाउने बहस « Khabarhub

भृकुटीमण्डपमा बेग्लै संसार बनाउने बहस


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पृथ्वी एउटै छ, तर मानिसहरुका संसार आ–आफ्नै छन् । चर्चित गायक यश कुमारले त्यसै गाएका होइनन्– म आफ्नै, बेग्लै संसार बनाउँछु…. ।

अर्को विश्व सम्भव छ, अर्थात् ‘अनोदर वर्ल्ड इज पोसिबल’ भन्ने नारा अमेरिकी सामाजिक अभियन्ता एवं लेखक इभ एन्सलरले अघि सारेकी हुन् । ‘भी’ नामले चिनिने उनी अमेरिकी नारीवादी अभियानकर्मी तथा लेखक हुन् ।

विश्वको आधा जनसंख्या ओगटेका महिला तथा बालिकाहरुमाथि हुने हिंसा र सबैखाले विभेदविरुद्ध आवाज उठाउँदै विश्व सामाजिक फोरमले विश्वभर सन् २०१२ देखि ‘अर्को विश्व सम्भव छ’ नाराका साथ सम्मेलन आयोजना गर्दै आएको छ ।    

पहिलो विश्व सम्मेलन ब्राजिलमा भएको थियो भने छैठौंं संस्करण नेपालमा पहिलोपटक आयोजना गरिएको हो । कोभिडलगायतका विभिन्न संकटले यो हरेक वर्ष हुन सकेको थिएन ।

भृकुटीमण्डपमा आयोजित सम्मेलनमा ९१ मुलुकबाट सहभागिता जनाइएको आयोजकको दाबी छ । ६ सय नेपाली र ६ सय अन्तर्राष्ट्रिय गरी १२ सय संघसंस्था कार्यक्रममा सहभागी छन् । यो सम्मेलनको संयोजन नेपालको गैरसरकारी संस्था महासंघले गरेको छ ।

‘स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ’ भन्ने नारासहित काठमाडौंमा ‘अर्को विश्व सम्भव छ’ नामक सम्मेलन सुरु भएको हो । विभेदरहित विश्व सम्भव छ भन्दै ‘विश्व सामाजिक मञ्च २०२४’ ले यो कार्यक्रम आयोजना गरेको हो ।

सम्मेलनमा नेपालमा विभिन्न गैरसरकारी संस्थाका अभियन्ताहरु सहभागी छन् । सम्मेलनमा गीत, कविता, नाटक, नृत्य र कलामार्फत विभिन्न सामाजिक विभेद र हिंसाविरुद्ध आवाज उठाइएको आयोजकले बताए ।

सामाजिक अभियन्ता दुर्गा सापकोटा विभेदको खाल्टो पुरेर मात्रै विश्वमा शान्ति आउने बताउँछिन् । उनी भन्छिन्, ‘विश्वमा एक अर्ब महिला तथा बालिकामाथि अन्याय र शोषण भएको छ ।’

यदि यो संख्या आफ्नो हक र अधिकारका लागि उठ्यो भने अर्को विश्व सम्भव भएको उनको तर्क छ ।

सापकोटा संयोजक रहेको संगत नेपाल दक्षिण एसियामा महिलाहरुका लागि काम गर्ने संस्था हो । यो संस्थाले यौन व्यवसायलाई पनि मानवीय दृष्टिकोणले हेरिनुपर्ने वकालत गर्दै आएको सापकोटा बताउँछिन् । उनी भन्छिन्, ‘महिलाले आफ्नो शरीर कसरी प्रयोग गर्ने भन्ने अधिकार उसैसँग सुरक्षित हुनुपर्छ । दोस्रो व्यक्तिले महिलाको शरीरलाई नियन्त्रण गर्ने होइन । महिलाको शरीरमाथि राजनीति नगरौं ।’

त्यस्तै, सम्मेलनमा पिपुल्स फोरमका अधिवक्ता सोमप्रसाद लुइँटेलले विश्वमा पुँजीपतिहरुको शोषण रहेको बताउँदै भने, ‘सदियौंदेखि पुँजीपति वर्गले समाजमा निर्धा र कमजोरहरुको शोषण गर्दै आएका छन् ।’

रोजगारदाता देशले श्रमिकलाई सधैं शोषण गरेको बताउँदै लुइँटेलले अरुको देशमा रोजगारीमा हिँड्नुपर्ने श्रमिकको बाध्यताबाट पुँजीपति वर्गले फाइदा उठाएको बताए । सापकोटा आबद्ध रहेको पिपुल्स फोरम वैदेशिक रोजगारीमा गएका श्रमिकहरुका लागि काम गर्ने संस्था हो ।

यो दुनियाँमा शोषण र भेदभाव रहनुहुँदैन भन्ने सम्मेलनको उद्देश्य रहेको बताउँदै लुइँटेलले खबरहबसँग भने, ‘हामीले विश्वमा मुभमेन्ट सिर्जना गर्ने हो, यो आप्रवासी कामदारको मात्रै विषय होइन ।’

त्यस्तै ‘वर्ल्ड डिग्निटी फोरम’ का उपाध्यक्ष धनबहादुर मिजारले मानवजातिमा पछि परेका वा पारिएका वर्गको हितका लागि सम्मेलन आयोजना गरिएको बताए ।

‘महिला, दलित, मधेसी, जनजाती, आदिवासी, मुस्लिम र अपाङगता लगायत सबैको न्याय र समानताका लागि यो आवाज हो,’ मिजारले भने, ‘यो विश्वभरिका सीमान्तकृत वर्गको सम्मेलन हो । नेपाल र भारतको हकमा दलितका नाममा र अन्य देशमा काला र गोराबीचको विभेद छ, यी सबैखाले विभेदको अन्त्य हुनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

आयोजकहरुका अनुसार सम्मेलन सोमबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ५ : ४३ बजे

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र