नेपाल आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल चयन « Khabarhub

नेपाल आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल चयन


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

चारवर्षे कार्यकालका लागि अस्पतालको आज भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ ।

नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए ।

उनीहरु सवै अस्पतालका आजिवन सदस्य हुनुहुन्छ । नेपालका पुराना नेत्र रोग विशेषज्ञ डा। रामप्रसाद पोखरेल संरक्षक रहेको उक्त अस्पतालमा हाल एक सय २४ आजीवन सदस्य र एक सय ३६ जना कर्मचारी छन् ।

उच्च अदालतका पूर्व न्यायाधीश एवंं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई आजै प्रमाणपत्र प्रमाणपत्र प्रदान गरे । नतिजा सार्वजनिक भएसगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सवै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ४४ बजे

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म