नेपाल आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल चयन « Khabarhub

नेपाल आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल चयन


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

चारवर्षे कार्यकालका लागि अस्पतालको आज भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । आज चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ ।

नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए ।

उनीहरु सवै अस्पतालका आजिवन सदस्य हुनुहुन्छ । नेपालका पुराना नेत्र रोग विशेषज्ञ डा। रामप्रसाद पोखरेल संरक्षक रहेको उक्त अस्पतालमा हाल एक सय २४ आजीवन सदस्य र एक सय ३६ जना कर्मचारी छन् ।

उच्च अदालतका पूर्व न्यायाधीश एवंं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई आजै प्रमाणपत्र प्रमाणपत्र प्रदान गरे । नतिजा सार्वजनिक भएसगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सवै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ९ : ४४ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको