जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार : माधव नेपाल « Khabarhub

जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार : माधव नेपाल


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्ने गरि साझा कार्यक्रम तयार गरिएको बताएका छन् ।

शनिबार पार्टीको रौतहट-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको फागु पूर्णिमा तथा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको कार्यदलले शनिबार शीर्ष तहमा साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन बुझाएको भन्दै जनताको निराशालाई चिर्दै भरोसा गराउन सरकार अघि बढ्ने गरि कार्यक्रम तयार पारिएको जानकारी दिए ।

भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्ने, विभिन्न स्रोत साधन परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने विषयमा साझा न्यूनतम कार्यक्रममा उल्लेख रहेको उनले बताए । अध्यक्ष नेपालले अहिले पदका लागि नभई मुलुकको समृद्धिका लागि सत्ता समिकरण परिवर्तन भएको धारणा राखे ।

अहिले संविधान र मुलुकको विभिन्न उपलब्धीलाई समाप्त पार्ने काम भइरहेको भन्दै एकतावद्ध भएर यसको प्रतिकार गर्नुपर्ने उनले बताए । अध्यक्ष नेपालले संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्ने कांग्रेसलाई अहिले नै शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित नहुने जिकिर गरे ।

उनले जेठ ३ देखि ७ गते सम्म पार्टीको १० औं महाधिवेशन गर्ने तयारीमा रहेको भन्दै तयारीको सिलसिलामा संगठन निर्माण र सदस्यता वितरणको देशव्यापी अभियानमा जुटेको बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : १९ बजे

मध्यपूर्व युद्ध : तनाव, वार्ता र अनिश्चितता

एजेन्सी– अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि मध्यपूर्वमा हिंसा रोकिएको छैन

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा