भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह « Khabarhub

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर भ्रमण वर्ष प्रचार-प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहेकी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गरेकी छन् ।

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गरिन् ।

सो अवसरमा नेपाली राजदूतहरूले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताएका थिए। नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाए। 

प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रण गरेको भरतपुर भ्रमण वर्ष २०२४ मूल समारोह समितिका सदस्य एवं बेल्जियममा रहेका व्यवसायी लोकप्रसाद दाहालले जानकारी दिइन्।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार-प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गरेका थिइन् ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ६ : ४५ बजे

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

भद्रपुर– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम – मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

ककरोच पार्टीको आन्दोलनमा बलिउड : सलमानदेखि प्रीति जिन्टासम्म कसले के भने ?

भारतमा पछिल्ला केही सातादेखि चर्चाको केन्द्रमा रहेको ककरोच जनता पार्टीको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि