आगलागीका कारण छ घर जलेर नष्ट | Khabarhub Khabarhub

आगलागीका कारण छ घर जलेर नष्ट


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

 जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : १९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास