आगलागीका कारण छ घर जलेर नष्ट « Khabarhub

आगलागीका कारण छ घर जलेर नष्ट


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

 जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल