दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण « Khabarhub

दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जका दुई भाले गैँडाको आन्तरिक स्थानान्तरण गरिएको छ । पश्चिम क्षेत्रबाट शुक्रबार र आज गरी दुई गैँडा स्थानान्तरण गरिएको हो ।

निकुञ्जले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दिव्यपुरी पोष्ट नजिकबाट आज एक भाले गैँडालाई पूर्व ल्याएको हो । अन्दाजी १७ वर्षीय भाले गैँडालाई नियन्त्रणमा लिएर निकुञ्जको पूर्वमा रहेको कुचकुचे क्षेत्रको भित्री भागमा छाडिएको हो ।

दिव्य मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सो गैँडालाई राप्ती नदीपारीको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। यो गैंडा निकुञ्जको भित्री क्षेत्रमा नै रहेको थियो । शुक्रबार नवलपुरको कावासोती क्षेत्रबाट एक गैँडा नियन्त्रणमा लिएर पूर्व ल्याइएको थियो । 

अन्दाजी २८ वर्ष हाराहारीको सो भाले गैँडालाई कसरादेखि पूर्वमा छाडिएको हो । यो गैँडाले बस्तीमा आएर दुःख दिने गरेको थियो । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।

निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति गैँडा स्थानान्तरणमा परिचालन भएका छन् । निकुञ्जले अहिले छ गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । स्थानान्तरण गर्दा आठ वर्षदेखि माथिका गैँडालाई गरिने छ ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ गैँडा रहेका छन् । त्यसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रम बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व स्थानान्तरण गर्न थालिएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : २८ बजे

ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयमा सर्वोच्चको साथ, कार्यान्वयनको बाटो खोलिदियो

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड

काठमाडौंमै बाँदर आतंक : भान्सामा छिरेर भात लैजान्छन्, सुकाएका लुगासमेत भेटिँदैनन्

काठमाडौं- पछिल्लो समय बाँदर आतंकले गाउँघरदेखि राजधानी काठमाडौंलाई समेत बाँकी

कर्णालीमा कर्मचारी अभावको गुनासो

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित

सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

महेन्द्रनगर– मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ