प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जाने « Khabarhub

प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जाने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ । 

भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

‘भुटानका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीसँग भेट गरे। प्रधानमन्त्री तोग्वेले उनलाई भुटान भ्रमणको निम्तो दिनुभयो’, प्रधानमन्त्रीले भुटानी समकक्षी तोग्वेको निमन्त्रणा स्वीकार गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने।

भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने उनले बताए।  भुटानका राजाका तर्फबाट प्रधानमन्त्री छिरिङ तोग्वेले प्रधानमन्त्री मोदीलाई भुटान भ्रमणका लागि आमन्त्रण गरेका हुन्। प्रधानमन्त्री मोदीले आगामी साता भुटानको भ्रमण गर्ने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रधानममन्त्री तोग्वे भारतको औपचारिक भ्रमणमा रहेका छन् । सन् २०२४ फेब्रुअरी २०२४ मा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

दुवै प्रधानमन्त्रीले भेटमा पूर्वाधार विकास, ऊर्जा, जलविद्युत् सहयोग, विकास सहयोगलगायत विभिन्न द्विपक्षीय साझेदारीमा भएको प्रगतिबारे समीक्षा गरेको विज्ञप्तिमा जनाइएको छ ।  उनीहरूले विशेष र अद्वितीय भारत-भुटान मित्रतालाई अझै सुदृढ पार्ने प्रतिबद्धता जनाए । 

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सन् २०२३ नोभेम्बरमा भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनी आसाम, नयाँदिल्ली र महाराष्ट्र पुगेका थिए। उक्त भ्रमणमा भुटानका राजा वाङ्चुक र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सहयोग र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ४३ बजे

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु