प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जाने « Khabarhub

प्रधानमन्त्री मोदी आगामी साता भुटान भ्रमणमा जाने


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ । 

भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका थिए ।

‘भुटानका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीसँग भेट गरे। प्रधानमन्त्री तोग्वेले उनलाई भुटान भ्रमणको निम्तो दिनुभयो’, प्रधानमन्त्रीले भुटानी समकक्षी तोग्वेको निमन्त्रणा स्वीकार गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने।

भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने उनले बताए।  भुटानका राजाका तर्फबाट प्रधानमन्त्री छिरिङ तोग्वेले प्रधानमन्त्री मोदीलाई भुटान भ्रमणका लागि आमन्त्रण गरेका हुन्। प्रधानमन्त्री मोदीले आगामी साता भुटानको भ्रमण गर्ने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रधानममन्त्री तोग्वे भारतको औपचारिक भ्रमणमा रहेका छन् । सन् २०२४ फेब्रुअरी २०२४ मा पदभार ग्रहण गरेपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

दुवै प्रधानमन्त्रीले भेटमा पूर्वाधार विकास, ऊर्जा, जलविद्युत् सहयोग, विकास सहयोगलगायत विभिन्न द्विपक्षीय साझेदारीमा भएको प्रगतिबारे समीक्षा गरेको विज्ञप्तिमा जनाइएको छ ।  उनीहरूले विशेष र अद्वितीय भारत-भुटान मित्रतालाई अझै सुदृढ पार्ने प्रतिबद्धता जनाए । 

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सन् २०२३ नोभेम्बरमा भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनी आसाम, नयाँदिल्ली र महाराष्ट्र पुगेका थिए। उक्त भ्रमणमा भुटानका राजा वाङ्चुक र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सहयोग र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो । 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : ४३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि