आज २०८१ साल वैशाख ४ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख ४ गते मंगलबारको राशिफल


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख ४ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल १६ तारिख। चैत शुक्ल पक्षको अष्टमी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : खर्च बढ्नेछ। साथीभाइबाट असहयोग हुने दिन छ। चोटपटकको भय भएकाले सचेत भएर काम गर्नुपर्ने छ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ प्राप्त हुनेछ।

वृष : सफल यात्राको योग रहेको छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पराक्रम बढ्ने दिन छ।

मिथुन : अधिकार प्राप्तिको लडाइँमा सफलता मिल्नेछ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय साथीसँग बित्नेछ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यवसायतर्फको आदर्श व्यक्तिसँग भेट हुनेछ।

सिंह : मनमा डर सिर्जना हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ। काम गर्दा र बोल्दा सोच्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

कन्या : सरकारी जागिरे भए बढुवा हुनेछ। मान र प्रतिष्ठा बढ्नेछ। यात्राको योग रहेको छ। साथीहरुसँग रमाइलोका साथ दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आफ्नो काम देखेर रमाउने दिन छ। राजनीतिमा सफलता प्राप्त हुनेछ। पुरानो साथीसँगको भेट रमाइलो हुनेछ। परिवारसँगको सम्बन्ध प्रगाढ बन्छ। विपरित लिंगी साथीको सहयोग विशेष हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ स्रोत पत्ता लाग्ने दिन हो। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। व्यवहारमा खटपट भए बोलीको माध्यमबाट प्रभावित पार्नुपर्नेछ।

धनु : आफन्तले दिएको सुझाव गलत लाग्नसक्छ। व्यवहार गर्दा सचेत हुनुपर्नेछ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : लामो समयदेखि रोकिएको सम्पत्ति फिर्ता हुनेछ। नयाँनयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। विरोधी शान्त हुने दिन छ। परिवारभित्र व्यवहार गर्दा सचेत हुनुपर्नेछ।

कुम्भ : रमाइलो यात्राको योग रहेको छ। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ। तपाईंले गरेको राम्रो कामको चर्चा हुनेछ।

मीन : आर्थिक कारोबारमा फाइदा हुनेछ। नसोचेको ठाउँबाट रोकिएको धन हात लाग्नेछ। आर्थिक र सामाजिक क्षेत्र अब्बल रहने योग छ। मनोरञ्जनतर्फ मन जानेछ। व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ५७ बजे

बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थपियो

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : मन्त्री जोशी

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके–  बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्