हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि « Khabarhub

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ । 

आज सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोडीले योगेश बोहरा र भरतबहादुर ऐरको जोडीलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै विजेता केसी र मल्लको जोडीले रु २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, उपविजेता बोहरा र ऐरको जोडीले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बोहरा र ऐरले प्राप्त गरेको रकम भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष चटौतले खेलकुदले आपसी भाइचाराको विकास गर्नुका साथै स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । 

जिल्ला खेलकुद समिति डडेल्धुराका अध्यक्ष जगतबहादुर ऐरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए । जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।  
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ६ : १८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब