सनराइजर्सको २८८ रनको कीर्तिमानी चुनौती : आरसिबीको आक्रामक ब्याटिङले टरेन हार « Khabarhub

सनराइजर्सको २८८ रनको कीर्तिमानी चुनौती : आरसिबीको आक्रामक ब्याटिङले टरेन हार


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)विरुद्ध कीर्तिमानी चुनौती दिएको थियो ।

टस जितेर सुरुमा हैदरावादलाई ब्याटिङको निम्तो दिएको आरसिबीले २८८ रनको चुनौती पाएको हो । विशाल लक्ष्य पछ्याउनेक्रममा आरसिबीले ७ विकेटको क्षतिमा २६२ रन मात्र बनाउन सक्यो । चुनौतीपूर्ण लक्ष्य पछ्याउन आक्रामक ब्याटिङ भएको रोचक खेलमा आरसिबी २५ रनले पराजित भएको हो ।

चुनौतीपूर्ण लक्ष्या पछ्याएको आरसिबीका लागि दिनेश कार्तिकले सर्वाधिक ८३ रन बनाए। ३५ बल खेल्दै उनले ५ चौका र ७ छक्का प्रहार गरेका हुन् । कप्तान फाफ डुप्लेसिस ६२ रन बनाउँदा विराट कोहली ४२ मा आउट भए । महिपाल लोमर १९ रनमा आउट हुँदा अनुज रावत २५ र विजयकुमार विशाक १ रनमा नटआउट रहे ।

आक्रामक ब्याटिङ गरेको आरसिबीलाई रोक्न हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक ३ विकेट हात पारे। उसका लागि मयंक मार्कण्डेले २ तथा टी नटराजनले १ विकेट लिए।

सुरुमा ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो ।

हैदरावादका टेभिस हेडले ४१ बलमै सर्वाधिक १०२ रन बनाए। उनले ९ चौका र ८ छक्क हान्दै गर्दै रोचक शतक प्रहार गरेका हुन् ।

हैदरावादका लागि हेनरिक क्लासेन ६७ र अभिषेक शर्माले ३४ रन जोड्दा पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए।

एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा नटआउट रहे। आरसिबीका लकी फर्ग्युसनले २ विकेट लिँदा रिस टोपले १ विकेट हात पारे ।

जितसँगै चौथो स्थानमा रहेको हैदरावादको ६ खेलबाट ८ अंक बनाएको छ। दुई अंकसहित आरसिबी भने तालिकाको पुछारमा छ । सात खेल खेलको आरसिबीले एउटा मात्र जित निकालेको छ ।

आईपिएल अन्तर्गत मंगलबार राजस्थान रोयल र कोलकाता किंग्स राइडर्सको खेल हुँदैछ । यो खेला साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर