गोलीकाण्डबाट विचलित छैनन् सलमान, कामलाई निरन्तरता दिने « Khabarhub

गोलीकाण्डबाट विचलित छैनन् सलमान, कामलाई निरन्तरता दिने


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता सलमान खानले ज्यानको खतराको बावजुत पनि कामलाई निरन्तरता दिने इच्छा देखाएका छन् । घरमा भएको गोलीकाण्डलाई बेवास्ता गरी आफ्नो तालिकामा चल्ने निर्णय गरेका छन् ।

सलमान अहिले कुनै फिल्मको छायाङ्कनमा छैनन् । केही समयपछि मात्रै उनी फिल्ममा फर्किने तयारीमा छन् । तर उनको विज्ञापन अभिनयको तालिका भने नजिकिएको छ ।

उनले गोलीकाण्डलाई ठूलो घटनाका रुपमा ग्रहण नगर्ने मनस्थितिका साथ कामलाई निरन्तरता दिन लागेको बुझिएको । भारतीय मिडिया इन्डिया टुडेका अनुसार उनले कार्यतालिका परिवर्तन र काम रद्द नगर्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् ।

स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले लेखेको छ, ‘सलमान आफ्नो काममा निकै फोकस छन् ।’ साथै उनी गोली काण्डलाई महत्त्व दिएर आक्रमणकारीको उद्देश्य सफल हुन नदिने पक्षमा छन् । कामबाट विश्राम गराउने नियतले आक्रमणको प्रयास भएको उनको बुझाइ रहेको भारतीय मिडियाहरुको दाबी छ ।

सलमानले आफ्ना साथीभाइ, फिल्मकर्मी र नजिकका व्यक्तिहरूलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

घर सर्ने कुरा हल्ला मात्रै !
बारम्बार सलमानलाई ज्यान मार्ने धम्की आइरहेको छ । यो पटक भने गत आइतबार उनको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’मा दुई आक्रमणकारीले गोली प्रहार गरे । भाग्यवस मानवीय क्षति हुन पाएन ।

गोलीकाण्डपछि सलमानले ग्यालेक्सी अपार्टमेन्ट छोडेर अन्य ठाउँमा सर्ने खबर मिडियामा आएको थियो । तर इन्डिया टुडेका अनुसार सलमानले घर परिवर्तन गर्ने कुरा पूर्णतया गलत हो ।

घर परिवर्तन गर्दा आक्रमणकारीको मनोबल बढ्ने सलमानको बुझाइ रहेको छ । अहिले सलमान प्रहरीको उच्च सुरक्षामा छन् । प्रहरीले घरबाहिर सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ४० बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्