भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्र गरिँदै « Khabarhub

भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्र गरिँदै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए ।

दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । उनले इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : ३१ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले