नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस « Khabarhub

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

गृहमन्त्रालयको बढुवा समितिको हिजो बसेको बैठकले जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

उमेर हदका कारण एआइजी सन्दीप भण्डारी र मीरा चौधरी यसै साता अवकास हुन लागेकाले सो स्थानमा जोशी र ढकाललाई सिफारिस गरिएको हो ।

जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन्। त्यस्तै ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।

बढुवा सिफारिसमा परेका जोशीले ७३.८३६८ अंक प्राप्त गरेका थिए भने ढकालको ७३.६३०६ अंक छ ।

 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : ३३ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित