आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै | Khabarhub Khabarhub

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर बिक भिसा अवधि सकिएपछि दुई वर्षअघि सामान आपूर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थालेका छन् ।

होटलमा राम्रै कमाई गरिरहेका विकले भिसाको म्याद सकिएपछि थप प्रक्रिया पूरा नगर्दा नयाँ कम्पनीले सेवा सुविधा नदिएपछि बिलखबन्दमा परे । सामाजिक सञ्जालमार्फत बेनीको आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गरी करिब चार महिनाको प्रयासपछि बिक घर फर्कन सफल भएका छन् ।

बेनीमा सञ्चालन भएको आप्रवासी सहायता कक्ष वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेका इन्द्रबहादुर जस्तै म्याग्देलीका लागि प्रभावकारी बन्दै गएको छ । ठगिएका, विदेशमा अप्ठ्यारोमा पर्नेलगायत वैदेशिक रोजगारसम्बन्धी समस्यामा परेकाका लागि सहायता कक्ष साहारा बनिरहेको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन श्रम तथा रोजगार मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी गत साउनदेखि जिल्ला समन्वय समितिको संयोजनमा प्रशासन कार्यालयभित्र सहायता कक्ष स्थापना भएको थियो ।

राहदानी बनाउन आएका व्यक्तिलाई वैदेशिक रोजगारीमा जानुअघि, विदेशमा काम गर्दा र फर्कंदा आइपर्ने कानुनी ज्ञान र विधिका बारेमा जानकारी गराउनाका साथै ठगी, उद्धार, राहत, विदेशबाट शव ल्याउन, क्षतिपूर्ति र बीमा सुविधाका लागि सहजीकरण गरिएको कक्षका सूचना तथा परामर्शकर्ता प्रमिला पौडेलेले बताए। 

विदेशमा अप्ठ्यारोमा परेका चारजनाले सम्पर्क गरेकामा सबैको उद्धार भएको सूचना तथा परामर्शकर्ता पौडेलले जानकारी दिए। उनका अनुसार वैदेशिक रोजगारसम्बन्धी ठगीका १९ वटा उजुरी परेकामा दुईवटाको समाधान भएको छ । 

विदेशमा मृत्युवरण गरेका दुईजनाका आश्रित परिवारलाई रु २१-२१ लाख आर्थिक सहायता प्रदान गरिएको छ । विदेशमा दिवङ्गत भएका दुईजनाको शव ल्याइएको र दुईजनालाई बीमा सुविधाका लागि सहजीकरण गरिएको छ । तीनजनाको मृत्यु सान्त्वना राहतका लागि निवेदन प्राप्त भएकामा सबै प्रक्रियामा रहेका परामर्शकर्ता पौडेलले बताए । 

वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान गुमाएकाका छोराछोरीलाई उपलब्ध गराइने छात्रवृत्ति सुविधाका बारेमा समुदायस्तरमा जानकारी नपाएकाले कमै मात्र निवेदन आएको सूचना तथा परामर्शकर्ता पौडेलले बताए। उनका अनुसार ४१ जनालाई छात्रवृत्तिका लागि स्थानीय तहसँग समन्वय गरिएको छ भने विदेश जान चाहने ३७ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएको छ । 

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि आप्रवासीहरुले व्यहोर्नुपर्ने सास्ती, झन्झट र समस्या न्यूनीकरण गर्न आप्रवासी स्रोत केन्द्रबाट सहयोग पुगेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए। 

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : २६ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त