राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा आज (मंगलबार) गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष साङ-हेओन ली नेतृत्वको भ्रमण टोलीले शिष्टाचार भेट गरेको हो ।

भेटमा नेपाल-कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदान प्रदान र आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष दाहालले नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझै उँचाइमा पुर्‍याउन आगामी दिनमा संसदीय अनुभव आदान प्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानु पर्नेमा जोड दिए ।

नेपालको संघीय संसद्ले नेपाल-कोरिया संसदीय मैत्री समूह गठन गरेको जानकारी दिँदै अध्यक्ष दाहालले दुई देशको संसदीय अभ्यास र अनुभव आदान प्रदान गर्न र असल अभ्यासहरू अनुसरण गर्न दुवै देशका संसद्को आपसी सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिए ।

संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशका संसद्को सहकार्यमा थप बल पुगेको भन्दै उनले अझै जनता-जनताबीचको सम्बन्धलाई सुदृढ गर्नुपर्ने बताए।

‘संसद जनताको सरोकारसँग जोडिने संस्था भएकोले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ,’ अध्यक्ष दाहालले भने, ‘तपाईँहरूको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ठ र सुदृढ भएको मैले महसुस गरेको छु।’

कोइकामार्फत् कोरियन सरकारले नेपालको जलविद्युत, कृषि, अटोमोबाइल्स लगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै अध्यक्ष दाहालले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।

नेपाल बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथादेखि थुप्रै प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्पदाले धनी भएको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई देशको सम्बन्ध झन् नजिकबाट विस्तार गर्न र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन सहकार्य गर्नुपर्नेमा जोड दिए ।

त्यसका लागि कोरियाली नागरिकलाई नेपाल पठाउन आग्रह गर्दै उनले नेपाली ध्वजावाहक जहाज काठमाडौं-सिओल सिधा उडानको व्यवस्थाका लागि पहल गर्न पनि आग्रह गरे।

नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत आग्रह गरे।

नेपाल लामो राजनीतिक संघर्ष र द्वन्द्वबाट गुज्रिँदै अहिले शान्ति प्रक्रियाको अन्तिम चरणमा पुगिसकेको भन्दै उनले अब नेपालको उद्देश्य आर्थिक समृद्धि र विकास रहेको बताए । उनले त्यसका लागि गणतन्त्र कोरिया सरकारको सहयोग नेपालीहरूका लागि निकै महत्त्वपूर्ण हुने बताए ।

भेटका क्रममा कोरिया-नेपाल संसदीय मैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटो छरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिए।

उनले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उनले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १ : ५९ बजे

अत्यधिक गर्मीले विद्यालयको पठनपाठन प्रभावित

काठमाडौं – अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन

अमेरिकाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं – टी–२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा नेपालले

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी

नेपाललाई दाताको ऋण – कसको कति ब्याजदर ?

काठमाडौं – २०८१ वैशाख मसान्तसम्म नेपालले २३ खर्ब ९७ अर्ब

पूर्वाञ्चल विश्वविद्यालय र विभिन्न १३ कम्पनीबीच सम्झौता

काठमाडौं – विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा