बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन « Khabarhub

बारुणयन्त्र चुस्तदुरुस्त राख्न निर्देशन


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर – आगलागीका घटनालाई तुरुन्त नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटै बारुणयन्त्रलाई व्यवस्थित गरी राखिएको छ । महानगरसित पाँच हजार लिटर क्षमताको दुईवटा र तीन हजार लिटर क्षमताको एउटा दमकल रहेको छ ।

यसमा पाँच हजार लिटरका दुईवटा बारुणयन्त्र पुष्पलालचोकमा र तीन हजार लिटर क्षमताको बारुणयन्त्र विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राखिएको बारुणयन्त्रको जिम्मेवारी सम्हालेका कर्मचारी राजन पौडेलले जानकारी दिए ।

महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारी माईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारी माईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र सात/आठ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइएको बताइएको छ ।

सुक्खा तथा खडेरी मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको जनाउँदै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

उनले यस्तो विपद्को घटनालाई समयमै नियन्त्रण गर्न सकियो भने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ भन्दै दुःख गरेर आर्जन गरेको सम्पत्तिलाई क्षति हुन नदिन आगलागीका घटना जानकारी पाउने बित्तिकै घटनास्थल पुग्नुपर्ने कुरामा जोड दिए । प्रमुख कोइरालाले आज सबै बारुणयन्त्रको वस्तुस्थितिका बारेमा जानकारी हासिल गर्न अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ९ : २५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको