दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार « Khabarhub

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

प्लेअफबाट बाहिरिएको पञ्जाब ५ विकेटले विजयी


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लगातार चौथो पराजय भोगेको छ।

प्लेअफबाट बाहिरिसकेको पञ्जाब किंग्ससँग राजस्थान ५ विकेटले पराजित भएको हो। टस जितेर सुरुमा ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। १४५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गरेको हो।

लगातार चौथो हार खाएको राजस्थान १६ अंकसहित दोस्रो स्थानमा कायमै छ। प्लेअफबाट बाहिरिसकेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ। उसले १३ मा ७ खेल गुमाउँदै १० अंक बनाएको छ।

गुरुमा ब्याटिङ गरेको राजस्थानका आक्रामक ब्याट्सम्यान ओपनर यशस्वी जैसवाल ४ बलमा ४ रन बनाएर पहिलो ओभरमै आउट हुँदा उसको इनिङ धरमराएको थियो। उसका लागि रियान परागले सर्वाधिक ४८ रन बनाए। रविचन्द्र आश्विनले २८ रन जोड्दा कप्तान सञ्जु शैयामसन र टम कोहलर–क्याडमोरले समान १८-१८ रन बनाउँदा ट्रेन्ट बोल्ड १२ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानले ९ विकेट गुमाउँदै पूरै २० ओभरमा १४४ रन बनाएको थियो।

राजस्थानलाई सस्तैमा समेट्न पञ्जाबका लागि सैम कुरान, हर्षल पट्टेल र राहुल चर्हरले समान दुईदुई विकेट हात पारे भने आर्शदीप सिंह र नाथन एलिसले एकएक विकेट लिए।

१४५ रनको लक्ष्य पछ्याएको पञ्जाबका लागि कप्तान सैम कुरानले कप्तानी पारी खेले। बलिङतर्फ मात्र २४ रन दिएर दुई विकेट हात पारेका उनले ब्याटिङतर्फ अर्धशतकीय पारी खेले। कुरानले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ६३ रन जोडेका हुन्।

जितेश शर्मा र रिली रोसोउले समान २२-२२ रन जोड्दा आसुतोष शर्माले नटआउट १७ रन बनाए। ओपनर जोनी बेयरस्टोले १४ रन जोड्दा अन्य ब्याट्सम्मायनले दोहोरो अंकमा रन जोड्न सकेनन्। १८ ओभर ५ बल खेल्दा पञ्जाबले राजस्थानमाथि ५ विकेटको जित निकालेको हो।

आईपिएल अन्तर्गत बिहीबार गुजराट टाइटन्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : ०० बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी