बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान « Khabarhub

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ ।

लागूऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा जिल्ला प्रहरी, कार्यालय, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की र उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

लागूऔषध दुर्व्यसन पीडितलाई समाजमा पुनःस्थापना गर्ने, लागूऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवर्द्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताए ।

सम्झौतापत्रअनुसार नेपालगञ्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागूपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमानाका तथा शङ्कास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिने छ ।

केही सयमअघि लागूऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहुँजसो लागूऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ७ : ४३ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र