दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात | Khabarhub Khabarhub

दुर्व्यसनीको दुःख : न राज्यको साथ, न आफन्तको हात


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ घर भएका ३५ वर्षीय (सागर धमला) नाम परिवर्तन मादक पदार्थको लतमा यसरी फसे कि घर परिवार सबै त्यागेर बिहानैदेखि सडकमा लडिरहेको भेटिन्थे।

उनको त्यो बानीले दिक्क घर परिवारले नसामै रहेको अवस्थामा टीकापुरमा रहेको सुधार केन्द्र पुर्याए। त्यहाँ करिब तीन महिनाको उपचारपछि उनी घर फर्किए। घर फर्किएपछि उनमा केही परिवर्तन त आयो तर गाउँमा बस्दा फेरि तलतलले सताउन थाल्यो। घरपरिवारले फेरि केन्द्रमा जान सल्लाह दिए।

अर्कोपल्ट केही समयको उपचारपछि गाउँमै फर्किए। यसपटक भने घरपरिवारको प्रेरणाले कृषि पेशामा लागे। केही समय अघिसम्म घर परिवार बिर्सिएर मादक पदार्थको कुलतमा लागेका धमला अहिले कृषि पेशाबाट राम्रो आम्दानी गरेर कर्मशील जीवन बिताइरहेका छन्।

धमलाजस्तै अछाम तुर्माखाँदका ३८ वर्षीय (सुरेश बिक) नाम परिवर्तन पेशाले अंग्रेजी शिक्षक हुन्। तर कुलतका कारण उनी जागिरबाटै निकालिएपछि घरपरिवारले टीकापुर स्थित आशा पुनस्र्थापना केन्द्रमा राखे। करिब दुई महिनापछि सुधारगृहबाट निस्किएका सुरेश आफ्नो गल्तीबाट पाठ सिक्दै आफूले पहिले पढाएको स्कुलमै पुनस्र्थापित भएका छन्। उनमा आएको अनपेक्षित परिवर्तनले अहिले घरपरिवार खुसी छ। सुरेश र सागर जस्तै कुलतमा लागेका धेरै युवाले सुधार केन्द्रबाट पुनर्जीवन पाएका छन्।

कस्तो छ प्रयोगकर्ताहरुको अवस्था ?
सरकारी तथ्याङ्क अनुसार नेपालमा १ लाख ३८ हजार कडा खालको लागू पदार्थ प्रयोगकर्ता छन्। देशभरका उपचार केन्द्र वर्षेनी ६ हजार बिरामीलाई मात्रै उपचार गर्न सक्ने क्षमताका छन्। बाँकी उपचारको दायरामै छैनन्। रिकभरिङ नेपालका अध्यक्ष विष्णु फुयाँल लागू पदार्थ दुव्र्यसनीका लागि आजसम्म नेपालमा सरकारी तहबाट कुनै उपचार केन्द्र नखोलिएको बताउँछन्।

बाहिरी देशमा लागू पदार्थ प्रयोगकर्ताका लागि छुट्टै उपचार कक्षको व्यवस्था गरिएको हुने भए पनि यहाँ भने सरकारले बनाएको कार्यनीति र रणनीति अलपत्र परेको विश्लेषण उनको छ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा १ लाख ३८ हजार कडा खालको लागू पदार्थ प्रयोगकर्ता छन्। देशभरका उपचार केन्द्र वर्षेनी ६ हजार बिरामीलाई मात्रै उपचार गर्न सक्ने क्षमताका छन्।

सरकारले ७ वटै प्रदेशमा एउटा एउटा नमूना उपचार केन्द्र बनाउने भने पनि स्थानीय र प्रदेश सरकारले खासै चासो नदिएको अध्यक्ष शर्मा बताउँछन्।

सन् २०२० को तथ्याङ्क अनुसार यस लतमा फस्नेमा १६ देखि २९ वर्ष उमेरका ७० प्रतिशत युवा रहेको पाइएको अध्यक्ष शर्माले बताए। जुन उमेर समुह शिक्षा, स्वास्थ्य रोजगार लगायतका दृष्टिले उत्पादित समुह हो। त्यसो भए युवा दुव्र्यसनको सुरुङमा किन फस्छन त ? यसको प्रमुख कारण भनेको कौतुहल नै हो।

जोखिम मोल्ने, रमाइलो खोज्ने, विभिन्न सिनेमा हेर्ने, सामाजिक सञ्जाल लगायत साथी सर्कलको दबाबमा ‘एकपटक ट्राई’ गर्दा त्यसले कुलतको रुप धारण गर्ने गरेको छ। किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दा हर्मोन परिवर्तन हुन्छ। त्यो समय उनीहरुमा परिवर्तन आउँछ। कोही केही चिजको कुलतमा लाग्छन् भने कसैले राम्रो गरेका उदाहरण पनि छ।

रमाइलो खोज्ने, विभिन्न सिनेमा हेर्ने, सामाजिक सञ्जाल लगायत साथी सर्कलको दबाबमा ‘एकपटक ट्राई’ गर्दा त्यसले कुलतको रुप धारण गर्ने गरेको छ।

त्यसबाहेक पारिवारिक कलह, बोर्डिङको शिक्षा प्रणालीले लागू औषधको सेवनमा घचेटन मद्दत गर्ने गरेको छ। ८ कक्षा माथिका विद्यार्थीले ९०/९५ प्रतिशत भन्दा कम अंक ल्याएमा त्यस्ता विद्यार्थीमाथि अघोषित रुपमा मानसिक दबाब दिने गरिएको सुधार केन्द्र सञ्चालकहरुको अनुभव छ। संयुक्त परिवारमा हुर्कने सौभाग्य बच्चाले नपाउँदा उनीहरुमा आफ्नै तालमा रमाउने प्रवृति बढेको र यसले समस्या निम्त्याएको शर्मा बताउँछन्।

दुर्व्यसनीको पीडा
दुर्व्यसनीमा देखिने सर्वाधिक समस्या भनेको मानसिक नै हो। लामो समय लागूपदार्थ दुर्व्यसनमा फस्दा जीवन नै रित्तिएको अनुभव उनीहरुमा हुने गरेको छ।

उपचारमा आउँदा पनि ठीक हुने नहुने, कुलत त्याग्न सक्ने नसक्ने द्विविधाबाट उनीहरु ग्रस्त हुन्छन्। त्यस्तै एचआइभी, हेपाटाइटिस, कलेजो, किड्नी लगायत शारीरिक स्वास्थ्य सम्बन्धी समस्याबाट उनीहरु पीडित हुने गरेका छन्।

शर्माका अनुसार उपचार केन्द्रमा आएर कुनै रोगको उपचारपछि निको भएर फर्किन्छु भन्ने हुँदैन लामो समय उपचार गर्नुपर्ने हुन्छ। ‘उपचार केन्द्रबाट फर्किसकेपछिको आधार बलियो हुनुपर्छ जुन उपचार केन्द्रले सक्दैन। केन्द्रले २ महिना ४ महिना १ वर्ष उपचार गर्ने हो त्यसपछिको जिम्मेवारी परिवारले लिनुपर्छ’ शर्माले भने। तर त्यो जिम्मा लिनसक्ने स्थितिमा उनीहरु हुँदैनन। परिवारको भनाइ के हुन्छ भने उसले सिर्जना गरेको समस्या उसैले समाधान गर्नुपर्छ। यस्तो भएपछि कुलतमा फस्ने सम्भावना रहन्छ।

दुर्व्यसन कुनै रोग नभएर जीवनकै ठूलो समस्या भएकाले यसबाट छुटकारा पाउन उपचार केन्द्र, घर परिवार, समाज र स्वयं व्यक्तिको इच्छाशक्तिले पनि प्रबल भूमिका खेल्ने देखिन्छ।

एकजना व्यक्ति १८ पटकको प्रयासपछि लागू पदार्थको प्रयोग छोडेर उद्यमी जीवन बिताइरहेको उदाहरण पनि छ। दुर्व्यसन कुनै रोग नभएर जीवनकै ठूलो समस्या भएकाले यसबाट छुटकारा पाउन उपचार केन्द्र, घर परिवार, समाज र स्वयं व्यक्तिको इच्छाशक्तिले पनि प्रबल भूमिका खेल्ने देखिन्छ।

सरकारमाथि प्रश्न
लागू पदार्थ प्रयोगकर्ताको पुनस्र्थापना तथा उपचारका लागि केन्द्र सरकारले कानुनमै परिवर्तन गर्नुपर्ने सरोकारवालाको तर्क छ। यसबाहेक प्रदेश र स्थानीय तहले पनि यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरु बताउँछन्। स्थानीय स्वास्थ्य चौकीमा उपलब्ध स्वास्थ्यकर्मीबाट उपचारको व्यवस्था गर्न सकेमा राज्यको उपस्थिति देखिने शर्माको तर्क छ।

त्यस्तै लागु पदार्थ प्रयोगकर्ताको अवस्था, उपचार केन्द्रमा के कसरी उनीहरुको उपचार भइरहेको छ। मानव अधिकारको कुरा, सरकारले जारी गरेको नीति नियममा रहेर काम गरिरहेका छन् कि छैनन् भन्ने नियमित अनुगमन गर्नु आवश्यक रहेको उनले बताए। लागू पदार्थ प्रयोगकर्तालाई राज्यले अपराधीको जस्तो व्यवहार गरेर धरपकड गर्ने मात्रै होइन, बिरामी सरह उपचारको दायरामा ल्याउन सके मात्रै यस्ता प्रयोगकर्ताको संख्या घटाउन सकिने अध्यक्ष शर्माको भनाइ छ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : १६ बजे

सागसब्जीखेतीबाट वार्षिक पाँच लाख आम्दानी

नौमुले– नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का

एलआईसी नेपालले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडौं – लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआईसी) नेपालले ८८.४५ प्रतिशत हकप्रद

सिनेमा बजार सुन्निएको कि मोटाएको ?

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती ६ महिना नेपाली सिनेमाका

बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन

साढे सत्र करोडको लागतमा पक्की पुल निर्माण हुँदै

खोटाङ– जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा पर्ने बुवाँखोलामा सवारी साधन