देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन « Khabarhub

देश बनाउनेलाई मतदान गर्नुस् : अध्यक्ष लिङ्देन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका छन् ।

आजदेखि सुरु भएको घरदैलो अभियानअन्तर्गत झापा क्षेत्र नं ३ स्थित हल्दिबारीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका हुन् । 

‘देश अहिले संकटमा छ, देश रहन्छ कि रहँदैन’, अध्यक्ष लिङ्देनले भने, ‘देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।’

 उनले यस क्षेत्रमा उल्लेखनीय विकास भए पनि अझै धेरै काम गर्न बाँकी रहेको र भविष्यमा त्यो पूरा गर्ने मतदातालाई आश्वासन दिए।

सो क्षेत्रमा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रमा २८ वटा वडाका एक लाख ४० हजार ८५७ मतदाता छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत कचनवल गाउँपालिकाका १ देखि ७ सम्म सबै, हल्दिबारीका १ देखि ५ सम्म सबै र बाह्रदशी गाउँपालिकाका सबै वडाहरू पर्दछन् । 
 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ४६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष