टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति « Khabarhub

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा काठमाडौंको टुँडिखेल सैनिक मञ्चमा आयोजित कार्यक्रममा अमेरिकी सेनाको सहभागिताप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीले जारी गरेको प्रेस वक्तव्यमा यो घटनालाई भूराजनीतिक रूपमा संवेदनशील तथा राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठाउने विषयको रूपमा व्याख्या गरेको छ।

पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालद्वारा हस्ताक्षरित वक्तव्यमा निर्वाचनको पूर्वसन्ध्यामा यसलाई अस्वाभाविक घटना भनेका छन् ।

उनले यसलाई एमसीसी सम्झौता, एसपीपी जस्ता विषयसँग जोड्दै विदेशी हस्तक्षेप बढ्दै गएको सन्दर्भमा हेर्नुपर्ने उल्लेख गरेका छन्। पार्टीले नेपाली सेनाको स्पष्टीकरण आए पनि जनताको चासो र चिन्तालाई बेवास्ता नगर्न आग्रह गरेको छ।

पाँच माग

  • यो चुनावी सरकार हो, यसले निर्वाचनमा निष्पक्षता कायम राख्नुका साथै राष्ट्रिय मुद्दामा जनचासोलाई सम्मान गर्नुपर्छ।
  • सत्तामा पुगेका पुराना तथा नयाँ पार्टीहरूले यस्ता संवेदनशील भूराजनीतिक घटनामा स्पष्ट दृष्टिकोण राख्नुपर्छ, टाउको लुकाउनुहुन्न।
  • नेपाली सेनाले जनताको चिन्तालाई ध्यान दिई आफ्नो गौरवपूर्ण इतिहासमाथि प्रश्न नउठोस् भन्ने सुनिश्चित गर्नुपर्छ।
  • नागरिक समाज, बौद्धिक वर्ग र सञ्चार जगतले जिम्मेवार छलफल चलाउनुपर्छ।
  • मित्र राष्ट्रहरूले नेपालको स्वतन्त्रता र असंलग्न नीतिको सम्मान गर्नुपर्छ।

नेपाली सेनाले भने यो घटनालाई नियमित सैन्य कूटनीति र मित्रता प्रदर्शनको रूपमा व्याख्या गरेको छ। सेनाका अनुसार आइतबार भएको सेना दिवसमा भारत, बेलायत, अमेरिका लगायतका सैनिक ब्यान्ड टोलीहरूले सांगीतिक प्रस्तुति दिने प्रचलन छ।

यो परेड नभई ब्यान्ड प्रदर्शन मात्र भएको सेनाको भनाइ छ । नेपालले पनि अन्य देशका सेना दिवसमा यस्तै सहभागिता जनाउने गरेको सेनाले स्पष्ट पारेको छ।

अहिले यो विषयले सामाजिक सञ्जालमा व्यापक बहस र विवाद निम्त्याएको छ । विशेष गरी फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा दलहरूले सबै पक्षलाई राष्ट्रिय स्वाधीनता र असंलग्नताको पक्षमा जिम्मेवार बन्न भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ०७ बजे

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन