सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई « Khabarhub

सभामुख घिमिरे सचेतकहरुसँग छलफलमा, संसद बैठक बस्न ढिलाई


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले संसद् बैठक बस्न ढिलाइ भएको छ । बैठक ११ बजेका लागि बोलाइएको थियो ।

सभामुखको सचिवालयका अनुसार सभामुखले केही बेर अघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी समेत गरेका थिए ।

अहिले पनि संसद् खुलाउन प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही बेर बैठक ढिलो भएको सभामुख घिमिरेको भनाइ छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिए ।

सभामुखले बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा कांग्रेस मुछिएको भन्दै प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : ३३ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर