ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला « Khabarhub

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला


३ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तबाट नडराउने बताएका छन् ।

प्रजातानित्रक विचार समाजको स्थापना दिवस तथा २६औँ केन्द्रीय साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले ओलीको अभिव्यक्तिबाट कांग्रेस नडराउने बताए ।

‘नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्कीबाट नेपाली कांग्रेस डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने ।

अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न चेतावनी दिएका थिए ।

नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको जिकिर गर्दै संसद अवरुद्ध पार्नुको कारणसमेत बताए ।

‘हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो,’ उनले भने ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली