ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला « Khabarhub

ओलीको अभिव्यक्तिले कांग्रेस डराउँदैन : शेखर कोइराला


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तबाट नडराउने बताएका छन् ।

प्रजातानित्रक विचार समाजको स्थापना दिवस तथा २६औँ केन्द्रीय साधारण सभालाई बिहीबार सम्बोधन गर्दै उनले ओलीको अभिव्यक्तिबाट कांग्रेस नडराउने बताए ।

‘नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्कीबाट नेपाली कांग्रेस डराएन भने कुनै राजनीतिक दलको धम्कीमा हामी डराउँदैनौँ,’ उनले भने ।

अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा एमालेप्रति आरोप लगाउँदा हेक्का राख्न चेतावनी दिएका थिए ।

नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नभनेको जिकिर गर्दै संसद अवरुद्ध पार्नुको कारणसमेत बताए ।

‘हामीले बोल्न नदिने भनेको छैन, यो क्लियर हुनुपर्छ । हामीले गृहमन्त्रीले आएर रोष्टममा बोल्नुहुन्छ, बोल्नुस् । हामीलाई चित्त बुझ्यो भने ठिक छ, बुझेन भने हामी त्यसपछि बोल्छौँ भन्दा न गृहमन्त्रीले स्वीकार गर्नुभएको छ न त एमालेले स्वीकारेको छ । हामीले संसद अवरुद्ध गर्ने कारण यही हो,’ उनले भने ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ११ : ५९ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर