गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो « Khabarhub

गृहमन्त्री लामिछानेलाई बोल्न दिएर संसदीय समिति बनाउन कांग्रेस लचिलो

सभापति देउवाले संसदीय दलमा छलफल गर्दै


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसद् खुलाउने कुरामा लचिलो भएको छ ।

सहकारी ठगी प्रकरणको आरोप लागिरहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिएर संसदीय समिति बनाउने कुरामा कांग्रेस लचिलो भएको हो । यससँगै संसद्मा जारी लगातारको अवरोध पनि खुल्ने सम्भावना बढेको छ ।

प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा लचिलो भएको कांग्रेसले आन्तरिक छलफल थालेको छ । यता बिहीबार बिहान ११ बजेका लागि डाकिएको संसद् बैठक पनि अपरान्ह ४ बजेसम्मलाई सारिएको छ ।

प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर समिति बनाउने प्रस्ताव राखेपछि कांग्रेस लचिलो भएको हो ।

यसबारेमा आवश्यक निर्णय र रणनीति तय गर्न अहिले कांग्रेस संसदीय दलमा अनौपचारिक छलफल भइरहेको प्रमुख सचेतक रमेश लेखकले खबरहबलाई बताए ।

‘म पनि बैठकमा जाँदै छु । प्रधानमन्त्रीले गृहमन्त्रीलाई संसद्‍मा बोल्न दिएर समिति बनाऊँ भन्नुभएको छ । सभापति शेरबहादुर देउवा पनि यसमा लचिलो भएकाले अरू साथीहरूको राय लिन बैठक बस्दैछौँ’, लेखकले भने ।

सरकारको नीति तथा कार्यक्रम पनि टेबल हुन नसकेको अवस्थामा प्रधानमन्त्रीले लामिछानेलाई बोल्न दिएर संसदीय समिति गठनको मध्यमार्गी विकल्प कांग्रेससँग राखेका हुन् ।

लेखकले अगाडि भने, ‘एक पटक गृहमन्त्रीलाई बोल्न दिऊँ, अनि समितितिर जाउँला भनेर सभामुख र प्रधानमन्त्रीले सभापतिलाई भन्नु भएको छ ।’

 

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  १२ : २७ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण