कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन « Khabarhub

कांग्रेसलाई रास्वपाको चुनौती : देउवा, आरजु र जयवीरको फाइल नखोली संसदीय समिति बन्दैन


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको व्यवहारले संसदीय छानबिन समिति नबन्ने अडान सार्वजनिक गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा सांसद मनीष झाले अब समिति बन्न नसक्ने स्थिति आएको बताए ।

‘अब समिति बन्दैन, अघि हामीले दुई सर्त मान्दिनू, हामी समिति बनाउन तयार छौँ भनेका थियौँ । अब समिति बन्दै बन्दैन । समिति त्यो बेला मात्रै बन्छ, जब नेपाली कांग्रेस आफ्ना सभापति र पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ’, झाले भने ।

झाले आफ्ना सभापति रवि लामिछानेमाथि लगाइएको सहकारी ठगी प्रकरण पुष्टि भएमा आफूहरू सबैले राजनीति छाड्न तयार रहेको पनि बताए ।
लामिछानेमाथि छानबिन गर्न अब पहिलो शर्त कांग्रेस सभापति शेरबहादुर देउवा परिवारको सम्पत्ति खोजबिन हुनुपर्ने उनको माग छ ।

‘अब समिति बन्दैन । अब समिति त्यो शर्तमा मात्रै बन्छ, म छातीमा हात राखेर भन्न सक्छु मेरो सभापतिको सबै छानबिन गर । तयार छु, हामी सबै राजनीति छोड्न तयार छौँ । उहाँको केही खोट निस्किए एक्लैले राजनीति छोड्छु भन्नु भएको छ, अब हामी सबै राजनीति छोड्छौ’, उनले भने, ‘के कांग्रेसका सबै सांसदले यो हिम्मत राख्न सक्छन् ? मेरो सभापतिको सबै छानबिन गर । कांग्रेस सभापति शेरबहादुर, उनका छोरा र श्रीमती (आरजु) को पनि गर । त्यो हिम्मत राख्नसक्छन् ? सक्छन् भने हामी च्यालेन्ज गर्छौं । अब समिति बन्दैन । समिति त्यो बेलामा मात्रै बन्छ, कांग्रेस पदाधिकारीका सबै फाइल खोल्न तयार हुन्छ । जसले हाम्रो सभापतिको फाइल खोज्न माग गर्दैछ, तपाईंको सभापतिको पनि फाइल खोल्नुस् ।’

कांग्रेसका सांसदहरूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको भन्दै उनले आपत्ति जनाए ।

कांग्रेसले संसद्‍मा अभद्रता प्रदर्शन गरेको उनले बताए। ‘हात हालाहाल गर्ने ? त्यो पनि आफ्नो बुवाको उमेरको मान्छेलाई ? त्यो त मिल्दैन । संविधान बनाउँदै गर्दाका सहयात्री पनि त हुन्, २०६२/०६३ को सहयात्री पनि त हुन् । सबैभन्दा ठूलो दलको अभद्रता कल्पना पनि गर्न सकिँदैन,’ झाले भने ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ०५ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित