क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड | Khabarhub Khabarhub

क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

युगान्डा विरुद्धको खेलमा ७ रन दिएर उनले २ विकेट लिए। समग्रमा उनको टी-२० विश्वकपको १७ खेलमा ३२ विकेट पुगेको छ। उनको इकोनोमी ६ दशमलव ०७ छ। धेरै विकेट लिने शीर्ष १० खेलाडीको बिचमा उनको इकोनोमी दोस्रो राम्रो हो। यी नै खेलाडी सेन बोन्ड चिन्नेहरूका लागि सदाबहार उत्कृष्ट सिम बलर हुन्।

विश्व क्रिकेटमा न्युजिल्यान्डको परिचय पेस बलिङ आक्रमणकै लागि हो। सन् २०१० को सुरुआतमा आइपुग्दा सेन बोन्ड, ट्रेन्ट बोल्ट र टिम साउदी सबै एकसे एक जमे। जारी टी-२० विश्वकपमा न्युजिल्यान्ड ‘सुपर एट’मा प्रवेश त गर्न सकेन। न्युजील्यान्ड र पपुवा न्युगीनीसँगको खेल अझ बाँकी छ।

यो विश्वकपपछि न्युजिल्यान्डमा एउटा नयाँ पुस्ताको उदय हुनेछ। बोल्टले युगान्डा माथिको नौ विकेटको जित हात पारी सकेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठुला प्रतिगोगितामा यो नै अन्तिम सहभागिता भएको बताए। तर उनले न्युजील्यान्डको जर्सीमा फेरि देखिने या नदेखिने भन्ने यकिन नभएको बताएका छन्।

बोल्टले युगान्डा माथिको नौ विकेटको जित हात पारी सकेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ठुला प्रतिगोगितामा यो नै अन्तिम सहभागिता भएको बताए। तर उनले न्युजील्यान्डको जर्सीमा फेरि देखिने या नदेखिने भन्ने यकिन नभएको बताएका छन्।

उनले यस प्रतियोगिता आफूले चाहे जस्तो नभए पनि धेरै कुरामा गर्व गर्न लायक भएको समेत भएको बताए। बोल्ट युगमा न्युजिल्यान्डले कुनै ठुला प्रतियोगिताको उपाधि जितेन। सन् २०१४ यता हरेक हरेक महत्त्वपूर्ण प्रतियोगिताको सेमिफाइनलमा भने प्रवेश गरेको छ।

उनले यस लामो यात्रामा थुप्रै महत्त्वपूर्ण सफलता हात पारेको बताए। यो सफलताको बिचमा पछिल्लो दुई साताको निराशाजनक प्रदर्शनको साथ अन्तर्राष्ट्रिय खेल जीवन छाड्ने भने निराशा पूर्ण रहेको बताएका छन्।

बोल्टलाई चिन्नेले जुनसुकै पिचमा पनि पारीको सुरुवात गर्न सक्ने बलरको रूपमा चिन्ने गरेका छन्। उत्तरी न्युजिल्यान्डमा जन्मिएका उनको बसोबास पनि छिमेकका केन विलिम्सन र डग वासलसँग भएको थियो। यो समूह सानै उमेरदेखि नै क्रिकेटमा एकदमै तल्लीन छन्। १७ वर्षको उमेरमा न्युजिल्यान्डमा सबै भन्दा पेस बलिङ गर्ने स्कुले खेलाडीको रूपमा कीर्तिमान बनाएका उनले अर्को वर्ष भएको यु–१९ विश्वकपमा किवी टोलीमा स्थान पाएका थिए।

१७ वर्षको उमेरमा न्युजिल्यान्डमा सबै भन्दा पेस बलिङ गर्ने स्कुले खेलाडीको रूपमा कीर्तिमान बनाएका उनले अर्को वर्ष भएको यु-१९ विश्वकपमा किवी टोलीमा स्थान पाएका थिए।

२००९ मा उनमा ढाडको समस्या देखिएपछि उनी दुई वर्ष क्रिकेटबाट टाढा रहेका थिए। पछि अर्का भेट्रान स्टार सेन बोन्डले उनलाई फेरि क्रिकेटमा सक्रिय गराउन सहयोग गरे। सन् २०१५ देखियता प्राय १४० किमी प्रतिघण्टा भन्दा बढीमा बल फ्याँक्ने र सबै किसिमको क्रिकेटमा छाइ रहने भएका कारण उनलाई प्राथमिकता दिने र यो दशकको उत्कृष्ट बलरको कोटीमा राख्नेको पनि कमी छैन।

सन् २०१५ मा बोल्ट सहितको न्युजिल्यान्ड टोली विश्वकपको फाइनलमा नै प्रवेश गरेको थियो।

सुरुमा उनी टेस्ट क्रिकेटमा बढी छाएका थिए। रातो बलको तुलनामा सेतो बल स्वीङ नहुने भए पछि उनी निराश पनि थिए। तथापि डेब्यु गरेको दुई वर्षपछि सन् २०१३ मा २० औं खेलमा उनले एक दिवसीय क्रिकेटमा १०० विकेट पुरा गरेका थिए।

सन् २०१५ मा न्युजिल्यान्डको विश्वकप फाइनल यात्रामा उनी सबै भन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए। उनले यस क्रममा अस्ट्रेलियासँग २२ रन खर्चेर ५ विकेट पनि लिएका थिए। बललाई राम्रोसँग नियन्त्रणमा राख्ने खुबी र कला भएका बोल्ट र टिम साउदीको जोडी पनि सन् २०१४ बाट नै जमेको थियो।

सन् २०१९ को विश्वकपमा पनि बोल्टले १७ विकेट लिए। अस्ट्रेलियासँग ह्याट्रिक गरेका उनले भारत विरुद्धको सेमिफाइनल खेलमा विराट कोहलीको महत्त्वपूर्ण विकेट लिएका थिए। सोही विकेटले न्युजिल्यान्डको फाइनल यात्रा सहज गराएको थियो।

उनले अहिलेसम्म टेस्टमा ३१७, एक दिवसीयमा २११ विकेट विकेट लिएका छन्। अन्तर्राष्ट्रिय टी–२० मा ८१ विकेट लिएका उनले कुल टी-२० मा २६४ विकेट लिएका छन्। संयोग नै मान्नुपर्छ उनको पिक फर्मकै समयमा आइपिएल पनि सफल भएको थियो। उनी आइपिएलमा बसै भन्दा बढी छाउने विदेशी खेलाडी मध्ये एकको रूपमा रहे। उनले गएको दशकमा राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सका लागि आईपिएलमा शानदार प्रदर्शन गरेका छन्।

विशेष गरी धेरै रन बन्ने गरेको आईपिएलमा समेत उनी पहिलो पावरप्लेमा उपयोगी बलरको रूपमा आफूलाई बारम्बार साबित गर्न सफल भएका छन्।

धेरैले सन् २०१५ को त्यो समय सम्झने गरेका छन्, जुन समय न्युजिल्यान्ड टोली पुरानो दिन छाडेर नयाँ दिनको पर्खाइमा थियो। यो एक दशकमा बोल्ट र टिम साउदीको जोडी साँच्चै महत्त्वपूर्ण थियो। ३५ वर्ष भन्दा बढी टिम साउदी पनि टोलीमा छन्। साउदीले आफ्नो खेल जीवनका बारे केही बताएका छैनन्। यो पक्का हो कि उनी पनि अब लामो समय न्युजील्यान्डका लागि खेल्ने छैनन्। अर्का सिमर लुक्की फर्गुसन पनि ३३ वर्षका भइसकेका थिए।

क्रिकेट इतिहासमा कुनै समय पेस बलरको देशको रूपमा वेस्ट इन्डिज चिनिएको थियो। सन् २००० को दशकमा अस्ट्रेलिया र दक्षिण अफ्रिका अग्रणी थिए। यो क्रम लामो समय रहेन। सन् २००३ कै विश्वकपमा सेन बोन्डको रूपमा न्युजिल्यान्डको पेस बलरको सनसनी देखिएको थियो।

सन् २०१० मा न्युजिल्यान्डको बलिङ आक्रमणको बारे चर्चा भइरहेको समयमा बोल्ट र साउदीले एउटा भार थेगेका थिए। उनीहरू निरन्तर एउटै प्रदर्शन गरेकै कारण न्युजिल्यान्डले पनि यस बिचमा केही सफलता पाएको थियो। भलै विश्व उपाधि जित्नकै लागि त्यो पर्याप्त भएन।

सन् २०१० मा न्युजिल्यान्डको बलिङ आक्रमणको बारे चर्चा भइरहेको समयमा बोल्ट र साउदीले एउटा भार थेगेका थिए। उनीहरू निरन्तर एउटै प्रदर्शन गरेकै कारण न्युजिल्यान्डले पनि यस बिचमा केही सफलता पाएको थियो।

पछिल्लो समय केही बलर ध्यान खिच्न त सफल भएका छन्। डेभिड हानकक यसै मध्येका एक हुन्। साउदी र बोल्टको युगपछि सायद म्याट हेन्री नै न्युजिल्यान्डका मुख्य बलरको रूपमा रहने छन्। उनीमा नै धेरै बलिङ भार रहन सक्ने छ।

जारी विश्वकपको उपाधि कसले जित्ने टुङ्गो छैन। निश्चित के हो भने पपुवा न्युगीनीसँगको खेल पछि न्युजिल्यान्ड टोली फर्कने छ। सायद अर्को ठुलो प्रतियोगितामा यी भेट्रान पेस बलरको हिस्सा रहने छैन। त्यसपछि न्युजिल्यान्ड बलिङको भार कस्तो रहने भन्ने प्रतीक्षाको विषय बन्ने छ।
स्रोत : क्रिक इन्फो, स्पोर्ट्स स्टार

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ९ : ५१ बजे

अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १०

स्वदेशमै उपचार गर्छुभन्दा पनि नपाउने अवस्था छ : नारायणमान बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उपचारको

भीर मौरीको टोकाइबाट १३ घाइते

रुकुम पश्चिम – भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका

इंग्ल्यान्डविरुद्ध अमेरिका एक सय १५ रनमा अलआउट

एजेन्सी – आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले इंग्ल्यान्डलाई एक

एकीकृत समाजवादीको महाधिवेशन प्रचार गर्न सांस्कृतिक कार्यक्रम गरिँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार