भोजपुरको ‘सेल्मे फलाम खानी’ सञ्चालनमा ल्याउन माग | Khabarhub Khabarhub

भोजपुरको ‘सेल्मे फलाम खानी’ सञ्चालनमा ल्याउन माग


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारले बताउने गरेका छन् ।

सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकाले राज्यले आवश्यक अध्ययन गरेर उत्खननका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ ।

यहाँबाट उत्खनन गरिएको फलाम राम्रो रहेकाले अहिले पनि गाउँघरमा यहाँको फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगढ हर्कराज विश्वकर्माले बताए ।

आफ्ना पुर्खाले यहीँ नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ । अहिले पनि उद्योग सञ्चालन गरिएको स्थान आसासमा फलामको किट पाउन सकिने उनको भनाइ छ ।

सेल्मे क्षेत्रका करिब नौ घरपरिवारले अहिले पनि व्यावसायिक रुपमा  कालिगढ पेसा अँगालिरहेको अर्का कालिगढ तीर्थकुमार विश्वकर्माले बताए । राज्यले यहीँ नै फलाम खानी सञ्चालनमा पहल गरी दिए सहजता हुने उनको भनाइ छ । उनले गाउँमा नै भएको खानीले निरन्तरता पाए बाहिरबाट फलाम ल्याउनुपर्ने बाध्यता हट्ने बताए ।

स्थानीय जानकार वृद्धवृद्धाका अनुसार तीनदेखि चार पुस्ता अघि अर्थात् करिब एक सय ५० वर्ष अघिबाट फलाम खानी सञ्चालन भएको इतिहास रहेको वडाध्यक्ष नभराज माङपाहाङले बताए । त्यो समयबाट सुरु भएको उद्योग करिब विसं २०१३ सम्म सञ्चालनमा रहेको स्थानीय जानकारहरूको भनाइ छ ।

पछिल्लो समयमा राज्यको बेवास्ताका कारण खानीबाट फलाम उत्खनन रोकिएको स्थानीय बताउँछन् । यहाँको देवी खोला, छोक्ला, सेल्मेलगायत स्थानमा फलामको धाउ पाइने वडाध्यक्ष माङपाहाङले बताए । सेल्मे क्षेत्रमा फलामको राम्रो सम्भावना रहेकाले राज्यले यसको उत्खननमा जोड दिनुपर्ने उनको भनाइ छ ।

   

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १२ : ५७ बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट