बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर « Khabarhub

 बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर राना मगरले प्रदेशको बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन्  ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको बजेट ब्रिफिङ कार्यक्रममा मन्त्री रानामगरले आगामी आर्थिक वर्षमा संघिय सरकारले दिने अनुदान घटेको र आन्तरिक आय स्रोत समेत घटेकाले चालू आर्थिक वर्षभन्दा करिब ४ प्रतिशत घटीको बजेट ल्याएको जानकारी दिए ।

बहुवषीर्य योजनाका कारण भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन भएको बताउँदै सुशासन र सेवा प्रवाहलाई पनि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य जस्तै प्राथमिकतामा नै राखिएको उनले बताए । उनले आगामी आर्थिक वर्ष०८१/८२ को बजेट यथार्थमा आधारित भएकाले पूर्ण कार्यान्वयनमा जाने दाबी गरे ।

उनले प्रदेश सांसदहरूलाई योजना छनौट गर्न दिइएको र प्रत्यक्ष तर्फका सांसदलाई १ करोड र समानुपातिक सांसदहरूले ५० लाख सम्मका योजनाहरू छुट्याइएको जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने अनुदान १० प्रतिशतले कमी भए पनि स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम भने बढाएको उनको भनाइ छ ।

कोशी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ८१/८२ का लागि ३५ अरब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ३२ बजे

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत,

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका