बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर « Khabarhub

 बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्यौँ : मन्त्री मगर


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर राना मगरले प्रदेशको बजेटमा सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन्  ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको बजेट ब्रिफिङ कार्यक्रममा मन्त्री रानामगरले आगामी आर्थिक वर्षमा संघिय सरकारले दिने अनुदान घटेको र आन्तरिक आय स्रोत समेत घटेकाले चालू आर्थिक वर्षभन्दा करिब ४ प्रतिशत घटीको बजेट ल्याएको जानकारी दिए ।

बहुवषीर्य योजनाका कारण भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन भएको बताउँदै सुशासन र सेवा प्रवाहलाई पनि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य जस्तै प्राथमिकतामा नै राखिएको उनले बताए । उनले आगामी आर्थिक वर्ष०८१/८२ को बजेट यथार्थमा आधारित भएकाले पूर्ण कार्यान्वयनमा जाने दाबी गरे ।

उनले प्रदेश सांसदहरूलाई योजना छनौट गर्न दिइएको र प्रत्यक्ष तर्फका सांसदलाई १ करोड र समानुपातिक सांसदहरूले ५० लाख सम्मका योजनाहरू छुट्याइएको जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुने अनुदान १० प्रतिशतले कमी भए पनि स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको रकम भने बढाएको उनको भनाइ छ ।

कोशी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष ८१/८२ का लागि ३५ अरब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ३२ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन