आजका समाचार :आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिसदेखि श्रममन्त्रीका सय दिने उपलब्धिसम्म | Khabarhub Khabarhub

आजका समाचार :आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिसदेखि श्रममन्त्रीका सय दिने उपलब्धिसम्म


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

संवैधानिक परिषद्‍बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस

निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस भएको छ ।

आइतबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

चुरे संरक्षणमा सहकार्य आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन् ।

दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए ।

उत्तरका १४ नाका खुलेपछि चिनियाँ उच्च तहको टोलीसँग प्रधानमन्त्रीको संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बातेरले आइतबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

जब एउटा एनजीओ खाजाको पोको बोकेर संसदीय समितिमा छिर्‍यो

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा सभापति रहेको संसदीय समितिमा आइतबार अनौठो दृश्य देखियो ।

खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उपस्थितहरूका लागि खाजा नै गैरसरकारी संस्था (एनजीओ) ले प्रायोजना गरेको भेटिएपछि खैलाबैला भएको छ ।

सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको कार्यविधि पारित

सहकारीको बचत रकम ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात् छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो ।

समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध गराउन बैठकले फेरी निर्देशन दिएको छ ।

सहकारी ठगीबारेको संसदीय समिति बैठकले गर्‍यो यी तीन निर्णय

श्रममन्त्रीका सय दिने उपलब्धि, भ्रष्टाचार शून्यमा झारेको दाबी (पूर्णपाठसहित)

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्ना सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

कार्यभार सम्हालेको एक सय दिन पुगेको आइतबार अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न उपलब्धि सुनाएका हुन् ।

सय दिने प्रगति सुनाउँदै खेलकुद मन्त्रीले भने : कीर्तिपुरमा चाँडै फ्लड लाइट र स्कोर बोर्ड जोडिन्छ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पदवहाली भएपश्चात सय दिन दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले २१ बुँदे कार्यप्रगति सार्वजनिक गरेका हुन् । उनले देशभरका रंगशालाको व्यवस्थापनलाई मध्यनजर गरि रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता विमल पोखरेलले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो संख्यामा लक्षित समूह बञ्चित हुने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन ।

अध्यक्ष केसीको प्रश्न- दातृराष्ट्र र अन्य निकायबाट ऋण लिएर कति दिन संघीयताको भारी बोक्ने ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले अनावश्यक अनुत्पादक आर्थिक बोझ बढाउँदै लगेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा उनले दातृराष्ट्र र अन्य निकायबाट ऋण लिएर कति दिन संघीयताको भारी बोक्ने भनेर प्रश्न गरे।

सर्वोच्चका वरिष्ठ न्यायाधीश राउत न्यायपरिषद् सदस्यमा नियुक्त

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्यायपरिषद्को सदस्यमा नियुक्त भएका छन् ।

परिषद् सदस्यसमेत रहेका रहेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई असार १ मा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि राउतलाई नियुक्त गरिएको हो ।

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तरवार्तामा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका छन् । आइतबार अध्यक्ष सिफारिसको लागि बनेको सिफारिस समितिले सर्टलिस्टमा परेकालाई अन्तरवार्ताका लागि बोलाएकोमा ५ जनामध्ये दुई जना मात्रै उपस्थित भएका हुन् ।

आज अन्तरवार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले मात्रै व्यावसायिक प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका दिएका छन् । सर्टलिसटमा परेका अन्य तीन जना अन्तरवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि उनीहरूलाई बुधबारको मितिमा बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

कुन प्रदेशको कस्तो कर नीति ?

अर्थसंक्षप : धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता बुधबार पनि हुने, नेप्से १७ अंकले घट्यो

प्रहरीले ८९ ग्राम सुनसहित भारतीय नागरिकलाई समात्यो

प्रहरीले अवैध रूपमा लुकाएर ल्याएको करिब ८९ ग्रामको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

८९ ग्राम तौल भएको धातुको ब्रासलेट १ थान र सिक्री १ थानसहित भारतीय नागरिक ४३ वर्षीय नितिन महेश्‍वरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सहकारीको एक अर्ब ठगीमा पक्राउ तेजबिक्रम टेलिभिजनदेखि अस्पतालसम्मका मालिक

सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेशमा समेटिएका सहकारीमध्ये एउटा हो ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था ।

जुन सहकारीबाट आफूहरूको करिब एक अर्ब रुपैयाँ ठगी भएको भन्दै ५६६ जना बचतकर्ताले प्रहरीका विभिन्न इकाइमा उजुरी दिएका थिए ।

रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा

दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

भारत र अमेरिकाबीच रक्षा सहकार्य बढ्दै

मिङ राजवंशी कालका दुई जहाजको भग्नावशेषमा नौ सय बढी प्राचीन वस्तु फेला

क्रिकेटमा बोल्ट युगपछिको न्युजिल्यान्ड

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ०० बजे

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोकप २०२४ : अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं– युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार १२ गते बुधबार तदनुसार