सहकारी ठगीबारेको संसदीय समिति बैठकले गर्‍यो यी तीन निर्णय « Khabarhub

सहकारी ठगीबारेको संसदीय समिति बैठकले गर्‍यो यी तीन निर्णय


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिको बैठक सकिएको छ ।

आइतबार अपरान्ह बसेको सहकारी ठगी छानबिन समितिको बैठकले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको हो ।

पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको संयोजक सूर्य थापाले बताए । सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरिएको थापाले जानकारी दिए ।

संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिसँग पहिलो चरणमा छलफल गर्ने निर्णय भएको थापाले बताए ।

सहकारीको समस्याबारे बचत अपचलन र दुरुपयोगबारे जानकारी लिने निर्णय पनि गरिएको उनले बताए । थापाका अनुसार सहकारीको रकम हिनामिनाबारे अन्य तथ्य र सूचना लिने निर्णय पनि गरिएको छ ।

‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ । कार्यविधिले काम गर्न धेरै आधार दिएको छ । पहिलो छलफल सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिले सहित निकायहरूसँग छलफल र आजको सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने निर्णय भएको छ’, उनले भने, ‘त्यसआधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ । प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ ।’

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ७ : २४ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने