‘कोशी’विरुद्ध पहिचानवादी फेरि आन्दोलित, वडाबाटै समानान्तर सत्ता चलाउने चेतावनी « Khabarhub

‘कोशी’विरुद्ध पहिचानवादी फेरि आन्दोलित, वडाबाटै समानान्तर सत्ता चलाउने चेतावनी


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेशमा पहिचानवादीहरूले फेरि आन्दोलन घोषणा गरेका छन् ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आइतबार ताप्लेजुङको फुङलिङमा बसेको बैठकले फेरि आन्दोलनमा जाने निर्णय लिएको हो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको समन्वयरत संस्था किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा बसेको उक्त बैठकले  प्रदेश सरकार र सभाले आन्दोलनलाई ध्यान नदिएको निष्कर्ष निकाल्दै कोशी नाम खारेजी आन्दोलनलाई आगामी मंसिरदेखि सशक्त बनाउने निर्णय लिएको छ ।

बैठकले आगामी मंसिर २ गते आइतवार बिराटनगरमा जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

त्यसैगरी कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र नेताहरू अग्रसर नदेखिएको जनाउँदै संघर्ष समितिको रणनीतिक योजनाअनुसार स्थानीय तहबाटै समानान्तर सत्ता अभ्यास थाल्न अध्ययन र तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोशी नाममा भोट दिने ८२ जना प्रदेश सांसद र आन्दोलनरत संस्था तथा नेतृत्वलाई साम्प्रदायिकको संज्ञा दिने ३ जना नेताहरूलाई दबाब दिन उनीहरूका परिवार तथा नातागोतालाई अनुरोध गर्ने निर्णय पनि बैठकमा गरिएको छ । ।

बैठकले प्रदेश सभा सदस्यहरूलाई सार्वजनिक कार्यक्रममा निमन्त्रणा नगर्न नगराउनु पनि कोशीका सबैलाई अपिल गर्ने निर्णय पिन लिएको छ ।

प्रदेश सरकारले गठन गरेको  राजनीतिक तथा शान्ति वार्ता टोली कोशी नामका प्रस्तावक राम राना मगरकै नेतृत्वमा बनाइनु खेदजनक रहेको पनि बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले अस्तित्वमा रहेका दलका नेताहरूसहित मुख्यमन्त्रीको नेतृत्वमा मात्रै वार्ता गर्न सकिने निर्णय पनि गरेको छ ।

निर्णयहरू

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : ०८ बजे

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना