मुस्लिम बस्तीमा बकर इदको चहलपहल « Khabarhub

मुस्लिम बस्तीमा बकर इदको चहलपहल


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

महोत्तरी –अहिले महोत्तरीका गाउँनगर बस्तीमा इस्लाम धर्मावलम्बीको दोस्रो मुख्य चाड इद–उल–जोहाको चहलपहल छ । इस्लामिक पात्रोको हिजरी संवत् परम्परामा अन्तिम महिना जिलहिज्जको १० तारिखका दिन बकर इद पनि भनिने यो पर्व मनाइन्छ ।

यसअनुसार नेपाली मुसलमान भोलि सोमबार इद–उल–जोहा मनाउने तयारीमा छन् । इद–उल–जोहा इस्लाम परम्परामा इद–उल–फित्रपछिको मुख्य पर्व मानिन्छ ।

पर्वले गर्दा मुस्लिम बाहुल्य बस्तीमा निकै चहलपहल बढेको छ । महोत्तरीका १५ वटै स्थानीयतहमा मुस्लिम बसोबास छ । यीमध्ये सम्सी, जलेश्वर, लोहारपट्टी, रामगोपालपुर र भङ्गाहाका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्य छन् ।

यी बस्तीमा पर्वको एक दिनअघि नै कुर्बानी ९बलि० का लागि खसी, राँगा जुटाइँदैछन् । यसैगरी मुस्लिम बसोबासका अन्य बस्तीमा पनि बकर इदको रौनक देखिँदो छ । पर्वका लागि काम विशेषले टाढाटाढा रहेका पनि घर फर्र्केपछि परिवारजनमा खुसी थपिएको छ ।

बकर इद पर्वमा कुर्बानीका लागि पशु किन्दा मुस्लिम सामान्यतया कुनै सवालजवाफ नगरी मागबमोजिम रकम दिन्छन् । आर्थिक अवस्थाले सम्पन्न मुस्लिमले त यस उद्देश्यका लागि लाखौँ पनि खर्चने गरेका देखिने गरेको छ ।

पर्वमा एकाबिहानै नुवाइधुवाइ गरेर इदगाहमा विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (इश्वर)लाई समर्पित गर्दै पशु कुर्बानी दिन्छन् । यसलाई कुविचार तथा अहंकारको कुर्बानीको प्रतीकात्मक रुपमा बुझ्न सकिने भङ्गाहा–४ का सहबुल अन्सारी बताउँछन् ।

इस्लाम धर्मावलम्बीले कुर्बानी दिइएको पशुको मासु तीन भाग लगाउँछन् । आफ्ना परिवार, इष्टजन र समाजका गरिब परिवारका लागि एक÷एक भाग छुट्याइन्छ । निकै वर्षअघि मक्कामा हजरत इब्राहिमलाई सपनामा अल्लाहले तिम्रो सबैभन्दा प्रिय वस्तु मलाई देउभन्दा आफ्नै छोरालाई छुरी धसेको कथा मुस्लिम धर्मावलम्बी सम्झन्छन् ।

सो सपनाअनुसार भोलिपल्ट इब्राहिमले साँच्चै छोरालाई छुरी धसेर अल्लाहमा समर्पित गर्न खोज्दा छोरा जस्ताको त्यस्तै रहेको र त्यहाँ एक भेडाको कुर्बानी भएको हुँदा यसै घटनालाई सम्झेर बकर इदमा पशु कुर्बानी परम्परा चलेको इस्लाम धर्मावलम्बी बताउँछन् । यो कुर्बानी अल्लाहमा समर्पित मानिन्छ ।

घरबाट टाढा रहेका, पर्वमा घर आउन नपाएका इस्लाम धर्मावलम्बीले आफ्नो मूलघर भएका ठाउँमा आफन्त वा मोल्वी (धर्मगुरु)लाई कुर्बानीस्वरुप रकम पठाउने गर्छन् । बकर इद पर्वमा गरिने नमाजमा इस्लाम धर्मावलम्बी ‘अल्लाहु अकबर–लाइलाह–इलल्लाहु बल्लाहु अकबर–अल्लाहु अकबर वलिल्लाहिद हम्द’ भन्दै अल्लाहको पुकारा गर्छन् ।

यसको नेपाली भाव ‘अल्लाह महान् छन्, अल्लाहका अतिरिक्त कोही पुज्य छैनन्, सबै प्रार्थना र प्रशंसा अल्लाहकै लागि हुन्’ भन्ने रहेको फारसी तथा उर्दू भाषाका जानकार सम्सी–६ का शेष इम्तियाज बताउँछन् ।

आत्मशुद्धि, अल्लाहको पुकारा र अहंकारको त्याग (कुर्बानी) पर्वका मुख्य सन्देश मानिन्छन् । केही दिन पहिलेदेखि नै हुने पर्वको तयारी ससाना नानीहरुका लागि झन् विशेष बन्छन् । नयाँ लुगा लगाउने साथीसँग खेल्ने, एकअर्कोलाई शुभकामना आदानप्रदान गर्ने र खास परिकार खाने अवसर ससाना नानीलाई विशेष बन्ने गरेको हो । इद–उल–जोहा पर्वका लागि सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ८ : १० बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी