नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर | Khabarhub Khabarhub

आसीसी टी–२० विश्वकप

नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्दै छ ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि हुनेछ । नेपाल सुपर आठको दौडबाट भने बाहिरिएको छ । नेपालका लागि यो खेल प्रतिष्ठाको लडाईं मात्र हुने छ ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हारेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग वर्षाका कारण रद्द भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडेका थिए । ४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । अनिल शाहले २७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए । एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए ४९ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरेका हुन्।

नेपालका लागि कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले मात्र १९ रन दिएर चार विकेट हात पारे। अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए। सन्दीप लामिछानेले भने कुनै विकेट लिन सकेनन्। चार ओभर बलिङ गर्दा उनले १८ रन खर्चिए।

नेपालविरुद्ध जित्नै पर्ने दबाबमा बंगलादेश

बंगलादेशका लागि सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले ३ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ ।

यस समुहमा नेदरल्याण्डसको पनि सुपर आठको सम्भावना कायमै छ । भोलि बिहान नै हुने श्रीलंकासँगको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने छ । यसका लागि नेदरल्याण्डसकाे नेट रन रेट उत्कृष्ट हुनुपर्ने छ ।

यस समुहबाट नेपाल र श्रीलंका सुपर आठको दौडबाट बाहिरि सकेका छन् ।

दश वर्षअघिको हारको बदला लिने अवसर

भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने अवसर छ । नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा बङ्गलादेशसँग पराजित भएका थियाे ।

त्यतिबेला हङकङ र अफगानिस्तानलाई हराएको नेपाल बंगलादेशसँग नेट रन रेटमा पछि पर्दै समुह चरणबाटै बाहिरिएको थियो । त्यसयता दश वर्षपछि विश्वकप खेलेकाे नेपाल बंगलादेशसँग नै खेल्न लागेको हो ।

बंगलादेशलाई हराउँदै नेपाल हारको बदलासँगै टेष्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्न चाहन्छ ।

त्यतिबेला बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्य बंगलादेशले १५.३ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि पारस खड्काले ४१ र शरद भेषावकरले ४० रन बनाएका थिए । त्यतिबेला बंगलादेशका लागि सकिब अल हसनले नट आउट ३७ रन बनाएका थिए । उनी अहिले पनि बंगलादेशको टोलीमा सामेल छन् । अनामुल हकले ४२ रन बनाएका थिए ।

नेपाली टोली

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

बंगलादेशको टोली
नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुद उल्लाह रियाद, जाकेर अली अनिक, तन्वीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, तान्जिम हसन साकिब

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : ०२ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले