सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात « Khabarhub

सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै  भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

योसँगै हालसम्म १५ यात्रुको शव फेला परेको छ भने ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

सिमलताल दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक ब्यारेजमा भेटिन थालेकाले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

दुईवटा बसमा ६५ जना यात्रु रहेकोमा तीन जना पौडिएर निस्किन सफल भएका थिए ।

तीनवटै सुरक्षा निकायले त्रिशूलीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजीलाई आज पनि निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : २१ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य