सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल « Khabarhub

सबै प्रदेशमा हृदय केन्द्र स्थापनाका लागि पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने गुरु योजना रहेको बताएका छन् ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भए लगत्तै केन्द्रको अनुगमनमा पुगेका पौडेलले अस्पतालका कार्यकारी निर्देशक तथा कर्मचारीहरुसँगको छलफलका क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री पौडेलले अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भए अनुसार केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने समेत बताए ।

यस्तै उनले अन्य ७ वटा प्रदेशमा समेत हृदय केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद पौडेल पहिलो पटक सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त भएका हुन् ।

 

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : २१ बजे

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष