आज २०८१ साल साउन ३२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ३२ गते शुक्रबारको राशिफल


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ३२ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट १६ तारिख। साउन शुल्क पक्षको पुत्रदा एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। परिवारमा संस्कारको महत्त्व बुझाउनुपर्नेछ। बौद्धिक व्यक्ति र सन्तनसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्य क्षेत्रमा लाभ मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ।

वृष : धेरै मानिसका अगाडि आफ्नो कुरा राख्ने मौका मिल्नेछ। आफ्नै सहयोगीसँग बौद्धिक टकराव हुनेछ। आफ्नो बचाउ गर्नु राम्रो हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। लगानी गरेका क्षेत्रबाट राम्रो उन्नति हुने दिन छ।

मिथुन : परिवारको मात्र कुरा सुनेर आफ्नो विवेक प्रयोग नगरेमा आलोचना बढ्नेछ। धन आर्जन हुने दिन छ। संस्कारको विकास हुनेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : तपाईंलाई अप्रिय समाचारले केही समय दुःखी बनाउने देखिन्छ। दोधारे चरित्रले समस्या पर्ने खतरा छ। लगानीका क्षेत्रमा प्रगति हुनेछ। ठुलो उद्योगमा लगानी गर्नु भन्दा भएको सम्पत्ति संक्षणमा ध्यान दिनु राम्रो हुनेछ।

सिंह : तपाईंले सुरु गरेका काम सफल बन्नेछन्। ग्रहले साथ दिएको छ। व्यवहार र बोलीमा एकरुपता भएमा धेरैले प्रशंसा गर्नेछन्। वैदेशिक रमझमा अलमल नगर्नु राम्रो हुनेछ। परिवारमा सल्लाह लिएर काम गर्नु राम्रो हुनेछ।

कन्या : स्वतन्त्र बन्न मन लाग्नेछ। महत्वकांक्षाले गर्दा मर्यादा भुल्ने खतरा हुनसक्छ। आफ्नो आलोचना भएको सुन्नुपर्ने हुनसक्छ। वैदेशिक लगानीबाट नाफा हुने दिन छ। स्वास्थ्य क्षेत्रमा प्रगति हुनेछ भने परिवारको तर्फबाट गुण र दोषका आधारमा समर्थन र विरोध हुनेछ।

तुला : बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा इमान्दारिताको बारेमा छलफलको सुरुवात हुनेछ। राजनीतिक क्षेत्रबाट बचेर काम गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सफल बन्ने योग रहेको छ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। लगानीका क्षेत्र अब्बल छन्। बौद्धिक र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। आफ्नो समस्यामाथि खुलेर प्रतिवाद गर्दा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ।

धनु : दैनिकी सहज र शान्त देखिन्छ। आफ्नै तरिकाले समस्याको समाधान गर्न सकिन्छ। विभिन्न संघ संस्थासँग संलग्न हुने अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफ्नो कर्तव्यको बोध हुनेछ। परिवारको सुझाव अनुसार अगाडि बढ्दा फाइदा हुनेछ।

मकर : तपाईंलाई एक्लै छोडेर हाँस्नेबाट सचेत बन्नु राम्रो हुनेछ। संगठनको फुटबाट जोगिनुपर्ने समय छ। लगानीका क्षेत्रमध्ये शिक्षा, कृषि र फलफूलमा फाइदा हुनेछ। कृषि क्षेत्रको लगानीले नाम र दाम दुवै प्राप्त हुनेछ।

कुम्भ : समयको सदुपयोग गर्न नसक्दा मन अशान्त हुनेछ। मध्यसाढेसाती गोचरमा चलेकाले बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। परिवारबाट सकारात्मक साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आफ्नो विचार ठिक र अरुको बेठिक भन्ने अहमले पश्चाताप हुनसक्छ। धन र मान कमाउने दिन छ। प्राविधिक शिक्षाको लगानीबाट उत्साह बढ्नेछ। परिवारमा शान्त वातावरण रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : ०६ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,