रुसी ब्याले डान्सरलाई १२ वर्षको जेल सजाय « Khabarhub

रुसी ब्याले डान्सरलाई १२ वर्षको जेल सजाय


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रुसकी एक ब्याले डान्सरलाई १२ वर्षको जेल सजाय तोकिएको छ ।

रुसी अदालतले ब्याले डान्सर केसेनिया कार्लिनालाई युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा १२ वर्षको जेल सजाय सुनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उनलाई देशद्रोहको मुद्दामा यो सजाय दिइएको हो । कार्लिना हाल लस एन्जलसमा बस्दै आएकी थिइन् र उनलाई २०२१ मा अमेरिकी नागरिकता दिइएको थियो । क्यारोलिनालाई जनवरीमा मस्कोबाट १६ सय किलोमिटर पूर्वमा येकातेरिनबर्गमा पारिवारिक यात्राको क्रममा पक्राउ गरिएको थियो ।

रुसको संघीय सुरक्षा सेवाले केसेनिया कार्लिनाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि रकम जुटाएको बताएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ८ : ३१ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को